ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

काठमाडौं, ८ फागुन ।

विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ। र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ ।

साथै, सोलोमन टापु नजिकैको यो सुन्दर टापु भविष्यमा नयाँ युद्धभूमि स्थल पनि बन्न सक्छ। किनभने, यहाँको युद्धभूमिमा चीन र अमेरिका आमने सामने हुनेछन्। बोगेनभिल टापुका अध्यक्ष इश्माएल टोरोमाको एक बयानले पनि यसको आशंका बढाएको छ।

बोगनभिल टापुका अध्यक्षले राष्ट्रपति ट्रम्पलाई नयाँ सम्झौताको लागि प्रस्ताव गरेका छन्। यो सम्झौता अनुसार अमेरिकालाई पपुवा न्युगिनीबाट मुक्त गरिदिएमा बदलामा उक्त टापुको खनिज माथि अमेरिकालाई अधिकार दिइनेछ । अब राष्ट्रपति डोनाल्ड ट्रम्पले बोगनभिलले गरेको प्रस्तावलाई स्वीकार गरे भने विश्वको नक्सामा नयाँ राष्ट्रको रुपमा उदय हुनेछ ।

तर, योसँगै सँगै यस क्षेत्रमा चीन र अमेरिकाबीचको विवाद बढ्न सक्छ र दुवै शक्तिशाली राष्ट्र आमनेसामने हुन पनि सक्छन् । यसबाट चीनलाई किन समस्या परेको हो भन्ने प्रश्न छ भने त्यसको कारण जान्नको लागि बोगनभिलको इतिहास र भौगोलिक अवस्थाबारे जान्नु जरुरी छ । सन १९७५ मा बोगनभिलले उत्तरी सोलोमन गणतन्त्रको रूपमा आफूलाई स्वतन्त्र घोषणा गर्‍यो।

त्यसपछिको एक बर्षमा नै सन १९७६  पपुवा न्यू गिनीले फेरि बोगनभिल कब्जा गरेको थियो । यसपछि सन् १९८८ सम्म यहाँ ठूलो गृहयुद्ध भयो । झण्डै एक दशकसम्म चलेको गृहयुद्ध पछि सन् १९९७ मा मध्यस्थता पछि यो द्वन्द्व अन्त्य त भएको थियो। र, सन् २००१ मा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा स्वतन्त्रताका लागि जनमत संग्रहको कुरा उल्लेख गरिएको थियो ।

त्यसपछि २०१९ मा बोगेनभिलले जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए तर अहिलेसम्म पपुवा न्यू गिनीको संसदले बोगनभिलको स्वतन्त्रतालाई अनुमोदन भने गरेको छैन। बोगेनभिलको जनता अझै पनि स्वतन्त्रताको लागी पर्खिरहेका छन्।

स्वतन्त्रताको प्रतिक्षामा रहेको यस टापुका अध्यक्षले अब ट्रम्पलाई सम्झौताको प्रस्ताव अगाडी सारेका छन् । यसमा ट्रम्पले चासो देखाउन सक्ने अनुमान गरिएको छ । वास्तवमा तामा, सुन, चाँदी, निकेल र कोबाल्टका धेरै ठूला खानीहरू यहाँ रहेका छन्, जसमा डोनाल्ड ट्रम्पलाई निकै चासो रहेको मानिन्छ।

यति मात्र होइन, यस टापुको भौगोलिक अवस्था पनि यस्तै छ । यसले अमेरिकाले चीनलाई नियन्त्रण गर्न धेरै मद्दत गर्नेछ। बोगेनभिल प्रशान्त महासागरमा सोलोमन द्वीपमा उपस्थित छ। यहाँ चीन धेरै क्षेत्रमा आफ्नो सेना विस्तारमा व्यस्त रहेको अवस्था छ। चीनको महत्वाकांक्षी बीआरआई परियोजनाका लागि यो निकै महत्त्वपूर्ण छ।

उही समयमा अमेरिकाले बोगनभिलमा सैन्य अड्डा बनाउन सक्छ ताकि चीनको गतिविधिलाई नियन्त्रण गर्न सकियोस्। यही कारण हो कि यदि डोनाल्ड ट्रम्प बोगेनभिललाई मद्दत गर्न अगाडि आए भने यस क्षेत्रमा चीन र अमेरिकाबीच विवाद हुन सक्छ, जसले भविष्यमा युद्धको खतरा झन् बढाउँछ। तर, पनि ट्रम्पले चाहेको खण्डमा विश्वमा नयाँ देशको नयाँ नक्सा कोरिन सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?