Butwal Today

विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी

८ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं ०८ वैशाख ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
आफुहरुको माग पुरा नभएसम्म विद्यालय नफर्कने भन्दै महासंघले आन्दोलन जारी राखेको हो । कार्यालय समयमा शिक्षकहरुले प्रदर्शन गरेपछि बानेश्वर आसपासका क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । सरकारले शिक्षकहरुको माग पुरा गर्ने बताएपनि शिक्षकहरु भने निरन्तर आन्दोलनमा छन् ।

उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । महासंघले आन्दोलन तुहाउन बिभिन्न प्रयास भएपनि आफुहरु पछि नहट्ने जनाएको छ । शिक्षकहरुले राज्यले आफुहरुको माग समयमा नै सुनुवाई नगर्दा शैक्षिक गतिविधि प्रभावित हुन पुगेको जनाएका छन् ।