© २०२३
बुटवल, ८ बैशाख ।
एमआई रेडमीको नया मोडेल बुटवलमा लन्च गरिएको हो । ईकोनोमी मुल्यका दुई भेरियन्टका एमआईका मोबाईल बिनायक मल्टी सप्लायर्सले बजारमा भित्राएको हो । सोमबार एक कार्यक्रमका बिच मोबाइल सेट लन्च गरिएको छ ।
मोबाईल २ वर्षको वारेन्टी, ३२ एमपी एआई क्यामरा, ६.८८ डिस्प्लेसहित ब्याट्रि ५२०० एमएचको टेलि डाईरेक्ट प्रालिका एरिया सेल्स म्यानेजर मोहित राजभण्डारीले बताए । यसैगरि नया सेटमा ब्याक कभरसहित अन्य डाटा केबल, चार्जर समेत उपलब्ध हुने उनले बताए । मोबाईल दुई भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । ३ बाई ६४ जिबीको बजार मुल्य १०,९९९ रुपैया तथा ४ बाई १२८ जिबीको बजार मूल्य ११,९९९ रुपैया रहेको छ ।
कार्यक्रममा टेलि डाईरेक्ट प्रालिका रिजनल सेल्स म्यानेजर विष्णु मरासिनीले बजारमा यो उपभोक्ताको माग अनुसारको उपयुक्त मोबाईलको रुपमा रहेको बताए । यसअघि बजारको आएको ए थ्रि भेरियन्टमा रहेको कमीकमजोरीहरुलाई हटाएर नया मोडल ल्याएको उनले बताए ।
कार्यक्रममा बिनायक मल्टी सप्लायर्स संचालक आशिष कुमार श्रेष्ठले आम उपभोक्ताको आवश्यकता र मागलाई मध्येनजर गर्दै कम्पनीबाट उपयुक्त फिचर र सर्वसुलभ मुल्यको नया मोबाईलको लन्च गरेको बताए ।
कार्यक्रममा सप्लायर्स संचालक अनुज कुमार श्रेष्ठले खुद्रा बिक्रेताहरुलाई मोबाईलको बिशेषता र बजारबारे बुझाउन कार्यक्रम गरिएको बताए । कार्यक्रममा बुटवल र बर्दघाट क्षेत्रका ६० बढि खुद्रा विक्रेताहरु सहभागी रहेका थिए ।