Butwal Today

पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते

८ बैशाख २०८२, सोमबार
अ+
अ-

पाल्पा, ८ वैशाख ।

जिल्लाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति साँझा तानसेनबाट बगनासकालीको भालेवासतर्फ जाँदै गरेको लु १ ज १७२४ नम्वरको जिप बेलडाँडामा दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

सारुको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा ९ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते मध्ये ३६ वर्षीया निता दर्लामीको टाउँकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?