© 2026
बुटवल, ८ वैशाख ।
पामिर इन्टरनेशनल एकेडेमीले वार्षिक शैक्षिक क्यालेण्डर सोमबार सार्वजनिक गरेको छ । २०८२ सालको शैक्षिक क्यालेण्डरमा बिदा, परीक्षासम्बन्धी जानकारी, अतिरिक्त शैक्षिक कार्यक्रम लगायत विद्यालयले वार्षिक रुपमा आयोजना गर्ने शैक्षिक गतिविधिहरु समेटिएको छ ।
सोमबार एक कार्यक्रमका बिच विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईं, प्राचार्य गोपाल गौतम लगायत शिक्षकहरुले संयुक्तरुपमा क्यालेन्डर सार्वजनिक गरेका थिए । नयाँ शैक्षिक सत्र शुभारम्भको दिन पारेर क्यालेन्डर सार्वजनिक गरिएको हो ।
त्यस अवसरमा विद्यालयका अध्यक्ष चापागाईंले पामिर एकेडेमीले शैक्षिक गुणस्तरमा निरन्तर फड्को मार्दै गएको र विद्यार्थी तथा अभिभावक यहाँको शैक्षिक वातावरण र क्रियाकलापप्रति आकर्षित भएको बताए । उनले विद्यार्थीहरुको अतिरिक्त ज्ञान र सिर्जनात्मक पक्षलाई विद्यालयले प्राथमिकताका साथ अगाडि बढाएको बताए ।
विद्यालयका प्राचार्य गोपाल गौतमले व्यावहारिक र प्रयोगात्मक सिकाईमार्फत शैक्षिक क्रियाकलाप अगाडि बढाउँदै लगिएको बताए । आगामी दिनमा शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्दै लगिने पनि उनले बताए ।