ट्रेंडिंग:

>> राष्ट्रिय सभाबाट सरकारसँग प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

गुँड र खुदो बिक्रीबाट छोराछोरीलाई स्नातकोत्तर सम्मको पढाई

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

गुल्मी, ८ वैशाख ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका तीन थोर्गाका ५६ वर्षीय चोलनाथ ज्ञवालीले गुड र खुदो बेचेरै वार्षिक २२ लाखको कारोवार गर्दै आएका छन् । सोही पेसाको आम्दानीबाटै उनले छोराछोरीलाई स्नातकोत्तरसम्म पढाउन सफल भएका छन् ।

पहिले बुवाले गर्दै आएको पुख्र्यौली पेशालाई विगत आठ वर्षदेखि आफूले आधुनिकीकरण गर्दै आएको उनको भनाइ छ । ८५ रोपनी क्षेत्रफलमा उँखु लगाएका उनले गुड र खुदो बेचेरै चार छोरा छोरीलाई शिक्षा दिक्षा दिंदै आएको बताए ।

परिवारमा श्रीमतीसहित छोराछोरीको ठूलो साथ रहेकाले आफू यहाँसम्म आउन सकेको उनले बताए । जेठीसहित दुई छोरी र छोराले काठमाडौँबाट (एमबीएसमा) स्नातकोत्तर पास गरेका छन् भने कान्छी छोरीले अहिले स्नातक पूरा गरेकी छिन् ।

अहिले छोरा र जेठीछोरीले काठमाडौँ र बुटवलमा जागिर गर्न लागेकाले आफूलाई थप टेवा पुगेको ज्ञवालीले बताए । छोराछोरीलाई यहाँसम्म ल्याउनका लागि यहीँ खुदो र गुड नै मुख्य आधार भएको उनको भनाइ छ । थोर्गेली चोलानाथ खुदो तथा गुण उद्योग दर्ता गरी वार्षिक २२ लाख बराबरको कारोवार गर्दै आएकाले सबै खर्च कटाएर सात लाख बढी बचत गर्दै आएको उनले बताए ।

उद्योगबाट सादा गुडलाई प्रतिकिलो दुई सय ७५, मसलावालालाई तीन सय ५० देखि पाँच सयसम्ममा बिक्री हुने गरेको छ । मसलावाला गुडमा काजु र कुराउनी मात्रा अनुसार मूल्य हुने गर्दछ । यस्तै खुदोलाई २२० रुपियाँ प्रति लिटरमा बिक्री गर्दै आएको उद्योगका श्रमिक टोपबहादुर पौडेलले बताए ।

१८ जनालाई रोजगारी

उद्योगमा छ जनाले वर्षैभरी र १२ जनालाई सिजनमा रोजगारी प्रदान गर्दै आएको ज्ञवालीले बताएका छन् । उत्पादित गुण र खुदोका लागि बजारको कुनै समस्या नरहेको उनले बताए । उद्योगबाटै उत्पादित बस्तु बिक्री हुने गरेकाले आफू सन्तुष्ट रहेको ज्ञवालीको भनाइ छ । तम्घासबाट बुटवल जाने गाडी र बुटवलबाट तम्घास आउने गाडीहरुले रोकेरै उद्योगबाट खुदो र गुँड लिएर जाने गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?