ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष

७ बैशाख २०८२, आइतबार
७ बैशाख २०८२, आइतबार

बुटवल, ७ बैशाख । राजनीतिक रुपमा एकताबद्ध हुन नसक्दा स्याङ्जा विकासमा पछि परेको वालिङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाबी गरेका छन । स्याङ्जाबाट प्रकाशित अकला आवाज साप्ताहिकले शनिबार स्याङ्जाको वालिङमा गरेको स्याङ्जाको समग्र विकास र समृद्धिमा मिडियाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले अनावश्यक राजनीतिक मतभेद र तिक्तताले विकासको लय अगाडि नबढेको जिकिर गरेका हुन ।
कार्यक्रममा वालिङ नगरपालिकाका संस्थापक मेयर तथा गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले गण्डकी प्रदेशमा स्याङ्जाको उपस्थिति कमजोर बनेको बताउदै पर्वतको तुलनामा समेत स्याङ्जा कमजोर रहेको टिप्पणी गरे । पर्वतका गाउँ गाउँमा सडक व्यवस्थित भएपनि स्याङ्जाले त्यो नसकेको स्विकारे ।

कार्यक्रममा बोल्ने अधिंकास वक्ताहरुले स्याङ्जाको सिद्धार्थ राजमार्ग स्तरोन्नति नहुनु सबैभन्दा ठुलो दुर्भाग्य भएको बताए । ०६४ यता विकासमा निकै पछाडि रहेका जिल्लाहरु ०८२ सम्म आइपुग्दा निकै अगाडि फड्को मारेपनि स्याङ्जाले अपेक्षित विकासको लय समात्न नसकेको टिप्पणी गरेका थिए ।
वक्ताहरुले स्याङ्जाको बसाइँसराइ डरलाग्दो ढंगले बढेको भन्दै स्याङ्जामा शिक्षा र स्वास्थ्य व्यवस्थित गर्न नसके केही बर्षमा स्याङ्जाका गाउँहरु रित्ता हुने जिकिर गरे । कालिगण्डकी करिडोरले स्याङ्जा किन समेट्न सकेन गम्भीर समिक्षा जरुरी रहेको समेत बताएका थिए ।

शिक्षा क्षेत्रमा राम्रो क्याम्पस सञ्चालन गर्न नसक्नु र स्वास्थ्यमा समेत व्यवस्थित अस्पताल नहुदा स्याङ्जाको भबिस्य अझै कमजोर बनेको टिप्पणी गरिएको थियोे । स्याङ्जाका पर्यटकीय ठाउँहरुलाई समेत व्यवस्थित प्रचारप्रसार गर्न नसक्दा पर्यटन क्षेत्र समेत अपेक्षित नभएको टिप्पणी थियोे ।

कार्यक्रमको अगुवाइ पत्रिकाका अध्यक्ष तथा सम्पादक प्रकाश डुम्रेले समुदायमा समाज अनावश्यक नकारात्मकता तर्फ उन्मुख भएको भन्दै सभ्य र सकारात्मक समाज निर्माणमा समेत लाग्नुपर्ने बताए ।वक्ताहरूले यो तहका बहस,छलफल तथा अन्तरक्रिया वालिङको हकमा १०÷१५ बर्षपछि पहिलोपटक भएको भन्दै अकला आवाजलाई निरन्तरता दिन अपिल गरेका थिए । कार्यक्रममा स्याङ्जाको समग्र विकास,समृद्धि र सुशासनका बारेमा गहिरो विमर्श गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?