© 2026
पाल्पा, ०७ वैशाख ।
नेपाली सेनाले गोरखा जिल्लाबाट सुरु गरेको तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेना सहितको टोली पाल्पाको तानसेन आईपुगेको छ । गत चैत २८ गते गोरखा दरबार बाट पदयात्रामा निस्किएको नेपाली सेनाको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गढी, किल्ला र पदमार्ग प्रयोग गर्दै पाल्पा आएसँगै स्थानिय जनसुदायमा उत्साहीत बनेका हुन । तत्कालिन समयमा राज्य एकीकरणको दौरान स्थापना भएका ५ कम्पनी श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको टोली सहित पदयात्रामा निस्कीएको नेपाली सेनाको टोलि पाल्पा सदरमुकाम तानसेन आइपुगेको छ । आआफ्नै पल्टनको झण्डा, पञ्चेबाजा, नेपाली सेनाको व्याण्डमा स्थानिय जन समुदाय आ–आफ्नै भेषभूषा, कलासंस्कृति सहित स्वस्फूत रूपमा पदयात्रामा सहभागी बनेका छन् ।
बाइेसे चौबिस सय राज्य एकीकरणदेखि नेपाल अंग्रेज युद्धमा प्रयोग भएका पैदल मार्ग, गढी, किल्ला र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण र प्रचारप्रसार गर्न सुरु गरिएको पदयात्राले स्थानिय समुदायमा उत्साह समेत थपेको छ । पछिल्लो समय हराउँदै गएको राष्ट्रिय एकता र स्वाभिमानलाई उजागर गर्न पदयात्राले सहयोग पुगेको जनप्रतिनिधिको अनुभव छ ।गत चैत्र २८ गते गोरखा दरबारबाट सुरु भएको पदयात्रा तनहुँ, स्याङजा, पूर्वी पाल्पाको रामपुर, निस्दी, पूर्वखोला, माथागढी, हुँदै सदरमुकाम तानसेनमा आएको हो । यहाँ अवस्थित तत्कालिन समयमा कर्णेन उजिर संह थापाले निर्माण गरेका ऐतिहासिक मठमन्दिर र सम्पादहरूमा पुगेर पाल्पाको तिनाउँ गाउँपालिका तर्फ पदयात्राको टोली प्रस्थान गरेको छ । नेपाली सेनाले लिएको सैनिक नागरिक सम्बन्ध सुधारको अभिभारलाई सुमधुर बनाउन पदयात्रा प्रभावकारी बनेको पाल्पा स्थित नेपाल सेना दि फेमस महेन्द्र दल गणका गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ बताउँछन् । पदयात्राको टोलीलाई भोली रूपन्देहीबाट आउने नेपाली सेनाको टोलीले पाल्पा र रूपन्देही जिल्लाको सिमाना नुवाकोटमा स्वागत गर्ने छ भने त्यस पछि नेपाल अङ्ग्रेज युद्धको क्रममा रूपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन नेपाल सेना र बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सवदिवसका रूपमा मनाउँदै आएको छ ।