नेपालगञ्ज, ७ बैशाख
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित एक फेन्सी पसलमा आगलागी भएको छ । मेघराज लम्सालको दुई तले भवनमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा आइतबार बिहान साढे ७ बजे पसल नखुल्दै आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै फेन्सी कपडा जलेर नष्ट भएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आगो विद्युत सर्टबाट लागेको प्रारम्भिक अनुमान गरिएको छ । पसल सञ्चालक मेघराज लम्सालका अनुसार आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
हाल आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोहलपुर नगर प्रहरीले करिब २ घण्टा पछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए । आगलागीको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।