Butwal Today

सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ

७ बैशाख २०८२, आइतबार
अ+
अ-

बुटवल, ७ बैशाख । सामाजिक संजाल (टिकटक) मा हतियार देखाएर समाजमा त्रास फैलाउने एक जनालाई प्रहरी पक्राउ गरेको छ । कपिलवस्तुमा शुद्धोधन गाउपालिका वडा नं.६, महादेव बस्ने बर्ष २१ को रघुबिन्द यादबले आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहितको हातहतियार प्रदर्शन गरेको भिडियो बनाई स्थानिय समाजमा डर त्रास फैलाएको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलिले निजलाई मायादेवी गाउपालिका वडा नं.१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट दिन–७ (सात)को म्याद थप भई थप अनुसन्धान कार्य अघि बढाएको छ ।