ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

जितगढी के हो के भयो, के हुनुपर्छ ?

७ बैशाख २०८२, आइतबार
७ बैशाख २०८२, आइतबार

बुटवल, ०७ वैशाख ।
बुटवलको जितगढी जहाँ नेपाल कब्जा गर्न आएको अंग्रेज फौजले हार व्यहो¥यो । जताततै जितेका बेला यो गढीमा भने अंग्रेज फौज हार्नुले नै जीतगढी लडाइँको महत्व बढेको हो । सन् १८१४ अर्थात् विक्रम सम्वत् १८७२ मा नेपाल र अंग्रेज सेनाबीच युद्ध भएको क्षेत्र हो । जीतगढी किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालिन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले अंग्रेजसँग लडेको इतिहास छ । त्यही इतिहास बचाउन युद्धका बेला बनाइएका संरचना रहेको जितगढीलाई अहिले संरक्षण र विकास गरिंदै छ । यस्तो गौरवमय इतिहास बोकेको जितगढी किल्ला संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाएर संरक्षणको काम गरिरहेको छ ।

जितगढीमा २ सय ५ फिट लामो र ८ फिट चौडा जितगढी किल्लामा नुवाकोट र फूलबारी जोड्ने सुरुङ छ । अहिले जितगढीलाई तारबारले घेरिएको छ । बीचमा अंग्रेज फौजलाई हराउन नेतृत्व गरेका कर्णेल थापाको पूर्णकदको सालिक बनाइएको छ । छेउमै युद्ध लडेका अन्य १३ सेनाको अद्र्धकदको सालिक छ । २० मिटर अग्लो टावर बनाएर राष्ट्रिय झण्डा फहराइएको छ । किल्ला फराकिलो पार्न जीतगढी क्षेत्रका वडा कार्यालय, प्रहरी चौकी र कभर्ड हल हटाइएको छ । किल्लाको संरक्षणले पर्यटन प्रवद्र्धनसँगै देशको इतिहास बचाउन पनि सघाउ पु¥याउनेछ भने नयाँ पुस्तालाई पुर्खाको योगदान पनि स्मरण गराउनमा सहयोग पुगेको छ ।

हामीले जितगढीको विषयमा के भयो र अझ के हुनुपर्छ भनेर जनप्रतिनिधि, अध्यता, स्थानीय र शिक्षकहरूसँग भनाई लिएका छौं । जितगढीसँग नेपाल र अंग्रेज युद्ध भएका सात ठाउँमा एकमा मात्रै नेपाली सेनाले जितको इतिहास छ । त्यसैले जीतगढी नेपालको राष्ट्रियता बचाएको मुख्य थलो हो । यहाँ युद्ध नजितेको भए, बुद्धको जन्मस्थल लुम्बिनी कहाँ रहन्थ्यो, नेपालको आकारप्रकारमा के असर पुग्थ्यो ? जितगढी राष्ट्रियताको पक्षधरहरूका लागि तीर्थस्थल हुनुपर्छ र बनाउनुपर्छ ।
जितगढीलाई हामीले निर्माणका कामभन्दा पनि तत्कालिन अवस्थाको झल्को दिन खोजिरहेका हौं । त्यो काम पूरातत्व विभागसँगको समन्वयमा मात्रै हुन्छ । त्यससँगै फुलबारीमा रहेको सेनवंशी राजाको दरवार क्षेत्रलाई पनि हामी सँगसँगै संरक्षण र विकास गर्न खोजिरहेका छौं ।

जितगढीसँगैको तिनाउ किनारमा आरती केन्द्र बनाउने कामलाई हामीले अगाडी बढाएका छौं । चालु आवमा छुट्याएको डेढ करोडले केही काम गरी आगामी आवमा पूरा गर्ने गरी काम हुँदैछ । जितगढी सँग्राहलय निर्माण भइसकेको छ, त्यहाँ सामग्री जुटाउनमा प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं । जितगढी किल्लामा गोरखाबाट नेपाली सेना आउने प्रचलन पुनः शुरु गरिएको छ । त्यसैले बुटवलदेखि बुटवल माथिको नुवाकोटसम्मको पैदल मार्गलाई स्तरोन्नती गर्दैछौं । यसबाट थप पर्यटकीय मार्गको विकास पनि हुनेछ । गतसाल बुटवलको नगरसभाले केन्द्र सरकारसँग कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूती घोषणाका लागि माग गरेको छ । राजनीति सहमती बनेमा बुटवलको मुख्य चोकमा कर्णेल उजिर सिंहको शालिक राख्ने नगरको योजना पनि छ ।


खेलराज पाण्डे
नगरप्रमुख, बुटवल उपमहानगरपालिका
जीतगढीसँग नेपाल र अंग्रेज युद्ध भएका सात ठाउँमा एकमा मात्रै नेपाली सेनाले जितको इतिहास छ । त्यसैले जीतगढी नेपालको राष्ट्रियता बचाएको मुख्य थलो हो । यहाँ युद्ध नजितेको भए, बुद्धको जन्मस्थल लुम्बिनी कहाँ रहन्थ्यो, नेपालको आकारप्रकारमा के असर पुग्थ्यो ? जीतगढी राष्ट्रियताको पक्षधरहरूका लागि तीर्थस्थल हुनुपर्छ र बनाउनुपर्छ ।

जीतगढीलाई हामीले निर्माणका कामभन्दा पनि तत्कालिन अवस्थाको झल्को दिन खोजिरहेका हौं । त्यो काम पूरातत्व विभागसँगको समन्वयमा मात्रै हुन्छ । त्यससँगै फुलबारीमा रहेको सेनवंशी राजाको दरवार क्षेत्रलाई पनि हामी सँगसँगै संरक्षण र विकास गर्न खोजिरहेका छौं । जीतगढीसँगैको तिनाउ किनारमा आरती केन्द्र बनाउने कामलाई हामीले अगाडी बढाएका छौं । चालु आवमा छुट्याएको डेढ करोडले केही काम गरी आगामी आवमा पूरा गर्ने गरी काम हुँदैछ । जीतगढी सँग्राहलय निर्माण भइसकेको छ, त्यहाँ सामग्री जुटाउनमा प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं ।

जीतगढी किल्लामा गोरखाबाट नेपाली सेना आउने प्रचलन पुनः शुरु गरिएको छ । त्यसैले बुटवलदेखि बुटवल माथिको नुवाकोटसम्मको पैदल मार्गलाई स्तरोन्नती गर्दैछौं । यसबाट थप पर्यटकीय मार्गको विकास पनि हुनेछ । गतसाल बुटवलको नगरसभाले केन्द्र सरकारसँग कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूती घोषणाका लागि माग गरेको छ । राजनीति सहमती बनेमा बुटवलको मुख्य चोकमा कर्णेल उजिर सिंहको शालिक राख्ने नगरको योजना पनि छ ।

 

सावित्रा अर्याल
नगरउपप्रमुख, बुटवल उपमहानगरपालिका
नेपाली र बुटवलवासीका लागि गौरवको थलोको रूपमा जीतगढीलाई नेपाल सरकारबाट पनि लिनुपर्छ । अंग्रेजसँगको लडाइँमा धेरै ठाउँमा हार हुँदा जीतगढीमा मात्रै नेपाली सेनाको जीतलाई यसको महत्वको रूपमा चर्चा र प्रचार हुनु जरुरी छ । नेपालीको वीरताको प्रतिक जीतगढी सबै नेपालीको साझा थलो हो । यस किल्लाले हामी भारतीय हुनबाट जोगियौं ।
जीतगढीलाई पर्यटकीय आउने बनाउनका लागि व्यवस्थापनका अझै धेरै काम गर्न बाँकी छ । बुटवल उपमहानगरपालिका त्यसका लागि सबैसँग हातेमालो गरी अगाडी बढेको छ । भर्खर त्यहाँ क्यान्टीन बनाएका छौ, टिकटलाई व्यवस्थित गर्ने सोचमा छौं । जिगढी चिनाउने भिजुअल मार्फत देखाउन सक्ने बनाउन अझै बाँकी छ । त्यहाँ रहेको सुरुङको खोजतलास गरी व्यवस्थित गर्नुपर्ने छ । बुटवलबाट नुवाकोटसम्म पुग्ने सुरुङ, सिढीबाटो, केबुलकार र सडक (गाडी) चार बाटाको सोचले हामी अगाडी बढिरहेका छौं । जीतगढीमा हामीले गर्ने धेरै बाँकी छ । यसको संरक्षण र विकासमा क्रमता हुने बाटो बनाई सबैले त्यसमा काम थप्नुपर्ने आवश्यकता छ ।

मित्रमणी खनाल
प्रमुख प्रशासकीय अधिकृत, बुटवल उपमहानगरपालिका
जीतगढी जीतको नै किल्ला हो । तसर्थ यसको महत्व अहिले पनि छ र भोलीपनि रहनेछ । त्यसका लागि यसको संरक्षण र विकास हुन जरुरी छ । हामीले पूरातत्व विभागसँग मिलेर जानुपर्छ भन्ने मान्यतामा काम गरिरहेका छौं । यसको विषयमा छलफल हुँदा अझै नजमिन नपुगको कुरा उठेको छ र अधिग्रहण गर्नुपर्ने देखिएको छ । यसको संरक्षण र विकासको म्यापरोड पूरातत्व विभाग र डिपिआर नै हो । पेन्टिङबाट जीतगढीको प्रचार प्रसारको काम भइरहेको छ । प्रचार प्रसार र जीतगढी साँच्चिकै जीतगढीको रूपमा व्यवस्थित गर्नका लागि यसका चिन्तकहरूबाट सकारात्मक सल्लाह र सुझाव प्राप्त भइरहेका छन् ।

हरि अर्याल
अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघ
जीतगढी किल्ला अतिक्रमित रूपमा थियो । जनप्रतिनधिीको पहलमा त्यसबाट जोगाउने काम भएका छन् जुन प्रससनीय छ । पछिल्लो पटक यसको संरक्षण र पूर्वाधार बनाउने काम भएको छ । केही घर स्थानान्तरण भएका छन् । यसको क्षेत्र विस्तार केही भएपनि अझै अधुरो छ । अहिले पनि जीतगढी क्षेत्रका धेरैजसो ठाउँमा स्थायी घर छन् । त्यसलाई कसरी जीतगढी क्षेत्रमा ल्याउने भन्ने सोच आउनुपर्छ । यसलाई युद्ध संग्राहलयको रूपमा संचालन गर्न सक्नुपर्छ । जीतगढीको विषयमा त्यहाँ पुग्ने पर्यटकलाई एक आधा घण्टाको वर्णन गर्ने र देखाउने विषयवस्तु हुनुपर्छ । बाहिरी देशको अभ्यासबाट पनि यो सिक्न सकिन्छ । जीतगढी वरपरका युद्धसँग सम्बन्धित गढीहरू छन् । तीसँग जीतगढी जोडिनु त पर्छ नै पर्यटकीय क्षेत्रसँग सँगै हिडाएर पर्यटकलाई ल्याउनुपर्छ ।

 

विमलबहादुर शाक्य
अध्येता
पछिल्ला वर्षहरूमा नगरपालिकाले जीतगढीको विषयमा धेरै राम्रो काम गरिरहेको देखेको छु । यसलाई हुलाक टिकटमा लैजान पहल गर्नुपर्ने देखेको छु । जीतगढीलाई सधै राम्रो मेनटेन गर्ने सयन्त्र बनाउनुपर्छ । भिजुअल तयार गरी देखाउने ठाउँ पनि थप्नुपर्छ । बुटलका सबै होटलहरूमा जीतगढी किल्ला र मणिमुकुन्द सेनको तस्वीर राख्ने व्यवस्था गरे यसको प्रचार अझै हुने थियो ।

देवेन्द्रराज शाक्य
अध्येता
जीतगढीलाई नयाँ स्वरूपमा ल्याइएको छ । हेर्दा जीतगढी सफा देखिन्छ । डबली बनेको छ । त्यहाँ पुग्दा लडाइको बिम्ब आउँछ । राष्ट्यि झण्डा पनि छ । यी कुरालाई प्रशंसा गर्नेपर्छ । जीतगढी युद्ध स्मारक बन्नुपर्छ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गर्नुपर्छ । केही संरचना हटाएपनि अझै साँगुरो छ । अझैपनि छेउका संरचना हटाउनुपर्ने आवश्यता देखिएको छ । उजुरसिंह थापालाई राष्ट्रिय विभूतीमा घोषणा गर्नुपर्छ, त्यो काममा सबैको अग्रसरता आवश्यक छ ।

टीकाराम शर्मा
प्रअ, ज्ञानोदय मावि, बुटवल
जीतगढीको विषयमा अहिले भएका पहल सहनिय छ । अझ यसमा जीतगढी संरक्षण र मर्मतसम्भारमा जोड दिनुपर्दछ । संरक्षण विशेषज्ञहरूबाट मूल्याङ्कन गरी योजनाबद्ध रूपमा संरक्षण गर्नुपर्छ । बाटो, साइनबोर्ड, पाथवे, विश्रामस्थल आदि निर्माण गर्नुपर्छ। पर्यटन सूचना केन्द्र, गाइड सेवा, ब्रोसर पम्प्लेट वितरण शौचालय र खनेपानी जस्ता आधारभूत सेवा सुनिश्चित गर्नुपर्छ । स्थानीय गाइडको व्यवस्था, संग्रहालय वा मिनी म्युजियम स्थापना गर्नुपर्छ । विद्यालय स्तरको स्थानीय पाठ्यसामग्रीमा किल्ला समावेश गर्न जरुरी छ ।

टीकाराम न्यौपाने
प्रअ, दीप बोडिङ हाइ स्कुल, बुटवल
जीतगढीको बारेमा जानकारी दिनका लागि बुटवलको स्थानीय पाठ्यक्रममा यसलाई जानकारी दिने प्रयास गरिएको छ । केही विद्यालयले त्यहाँसम्म नै विद्यार्थी लगेर जानकारी दिइरहेका पनि छन् । अहिले यसको संरक्षण र विकासमा स्थानीय सरकारबाट भएको प्रयासले सार्थकता पाउदै गएको छ । विद्यार्थीले हेरेर सिक्ने, पर्यटकले हेरेर सिक्ने भिजुअल बनाउन सके यसको जानकारी लिन र दिनका लागि सहयोग पुग्न सक्छ । जीतगढीको सन्देश सबै नेपालीसम्म पुर्याएर गर्व गर्ने थलो बनाएर यहाँसम्म ल्याउनमा सबैको पहल आवश्यक देख्दछु । किल्लाको बनावट निकै बलियो देखिन्छ भने त्यो कसरी बन्यो, कस्ता कालीगढले बनायो, के मेटरियलले मजबुद बन्यो भन्ने कुरा पनि अध्ययनको विषय बनाउन आवश्यक देख्दछु ।

 

धनीश्वर गौतम
प्रअ, नहरपुर मावि, बुटवल
यो पुरातात्विक तथा ऐतिहासिक स्थल पछिल्लो पटक स्थानीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । राष्ट्यि र अन्तर्राष्ट्यि रूपमा बुटवलको पहिचान बनाउनमा सघाएको छ । देशका लागि योगदान दिने वीरहरूको कदर हुन्छ भन्ने शिक्षा यूवा पिडी र विद्यार्थीसम्म पु¥याएको छ । बुटवल क्षेत्रका सबै संघ संस्थाको परिचयमा जीतगढीको विषय पनि राख्नुपर्ने देख्दछु । ऐतिहासिक संरचनाको संरक्षण र व्यापक प्रचार प्रसारलाई बढाउनु पनि आवश्यता देखिएको छ ।

दिनेश भुसाल
प्रअ, अक्सफोर्ड मावि, बुटवल
नेपालको ऐतिहासिक र सामरिक दृष्टिले जीतगढी महत्वपूर्ण ठान्दछु । नेपालको स्वाभिमान र वीरताको प्रतिकको रूपमा उभिरहेको देख्दछु । जहाँ पुगेर तत्कालिन युद्धक्षेत्रको अध्ययन सजिलै गर्न सकिन्छ । यहाँ भएको संरक्षण र विकास पर्यटक ल्याउनका लागि आधार बनेको छ । जीतगढीलाई छिमेकी जिल्लाका पर्यटकीय स्थलसँग जोडेर पर्यटन प्याकेज बनाउनुपर्दछ । बुटवल उपमहानगरको नेतृत्वमा प्रदेश र संघीय सरकारले बजेटको लगानी बढाउन जरुरी छ । देशभरका विद्यार्थीले जीतगढी चिन्ने र घुम्न आउने वातावरण बनाउनमा सबैको सल्लाहसँगै सहयोग पनि जोडिनुपर्ने देख्दछु ।

शिवकुमारी अर्याल
प्रअ, प्रगति मावि, बुटवल
जीतगढी बुटवल मात्रै नभई देशकै गौरव गर्ने थलो हो । यसलाई गौरव गर्ने बनाउनमा स्थानीय सरकार मात्रै नभई संघीय सरकारसम्मले भूमिका निभाउन जरुरी छ । देश भित्रका मात्रै होइन विदेशबाट आउने पर्यटकलाई पनि यहाँसम्म ल्याउने पर्यटकीय सयन्त्रको विकास बनाउनुपर्ने देखेको छु । यो बुटवलका मात्रै नभई देशभरका विद्यार्थीले जान्ने र सिक्ने साझा विषय बनाउनमा सबैले भूमिका निभाउनुपर्छ । जीतगढीलाई फराकिलो घेरामा पु¥याउनमा प्रचार प्रसार नै प्रमुख भएको हुँदा त्यसमा जीतगढीको महत्वको कुरा जोड्न आवश्यक देख्दछु ।


पदमराज ज्ञवाली
प्रअ, उजिरसिंह मावि,
जीतगढीको संरक्षणमा चासो बढेको छ र भएको पनि छ । पछिल्ला दिनमा यहाँ बनेको संरचनाले आकर्षण बढाएको पनि छ । जीतगढी पुग्दा इतिहासलाई युद्धकला देख्न सकिन्छ । पार्क र फूलबारीले राम्रो देखिएको छ । ऐतिहासिक ठाउँलाई बस्तीले छेकेको छ । जसको कारण सबैले सहजै जीतगढीलाई देख्न सक्दैनन् । राजमार्गबाट जीतगढी देखिनेगरी र त्यहाँसम्म जाने निकास भयो भने यसको महत्व र प्रचार अझै हुने देख्दछु । यसले त्यहाँ पुग्ने पर्यटकमा समेत बृद्धि हुनसक्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?