ट्रेंडिंग:

>> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो

सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता

६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

सल्यान, ०६ वैशाख ।
सल्यानमा उज्यालो समाज निर्माणका लागि जनप्रतिनिधि, स्थानीय महिला तथा सरोकारवालाहरूले सार्वजनिक प्रतिबद्धता जनाए । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सञ्चालन गरेको महिला सशक्तिकरण र उज्यालो समाज कार्यक्रममा सातवटै वडाका सहभागिहरूले सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।हरेक वडामा सञ्चालन गरिएको कार्यक्रममा विपन्न, दलित, पिछडिएका वर्गका तथा यस अघि कुनै पनि तालिम एवम् कार्यक्रममा समावेश नभएका महिलाहरूलाई अभिमुखिकरण गरिएको थियो । सोही कार्यक्रममा बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले जानकारी दिइन् । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरूको प्रतिवद्धता छ । सामुहिक हस्ताक्षर सहितको प्रतिबद्धता सबै वडा कार्यालयहरूमा सबैले देख्ने ठाउँमा राखिएको छ ।

गाउँपालिकाले महिलाहरूमा आत्मविश्वास र सीप, क्षमता विकास, बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, बालविवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखीकरण गरेको थियो । कार्यक्रममा सहभागि छत्रेश्वरी, ६ लान्ती निवासी सुशिला थापाले समाजमा विद्यमान बाल तथा बहुविवाह, विभिन्न किसिमका हिंसा हुन नदिनका लागि र आफ्नो अधिकारको रक्षाका लागि तालिमबाट धेरै ज्ञान सिक्न पाइएको बताइन् । छत्रेश्वरी, १ का वडा सदस्य सुनिता विक आफूले पनि धेरै नयाँ कुरा सिकको र बालविवाह, वहुविवाह तथा लैंगिक हिंसाविरुद्ध कानुनी रूपमा के गर्न सकिन्छ भन्नेबारे राम्रोसंग जानकारी लिन पाइएको बताइन् । समाजमा अझै पनि पछाडि पारिएका महिलाहरूको आत्मविश्वास बढाउने खालको यस्तो अभिमुखीकरण कार्यक्रमले नयाँ सोच र अगाडि बढ्न प्रेरणा प्रदान गरेको छत्रेश्वरी, ३ निवासी कार्यपालिका सदस्य पवित्रा डाँगीको भनाइ छ । सामाजिक संस्थाका अभियान्ता, अधिवक्ता, प्रहरी, महिला विकास शाखाका कर्मचारी, पत्रकार लगायतले वडास्तरमा भएको कार्यक्रममा अभिमुखीकरण गरेका थिए ।

छत्रेश्वरी गाउँपालिकाको वडा नं. ४ बाट गत चैत १० गते सुरु भएको कार्यक्रम वडा नं ३ मा ११ गते, वडा नं ५ मा १२ गते, वडा नं ७ मा १३ गते, वडा नं.६ मा १४ गते संचालन भएको थियो भने वैशाख २ गते वडा नं २ मा र ३ गते वडा नं.२ मा कार्यक्रम सञ्चालन भएको थियो । सातवटै वडामा गरेर सहभागी लक्षित महिला र अन्य सहभागिहरू सहित २ सय ४४ बढीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?