ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता

६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

चार दशक बितिसकेछ । हामी श्रीनगर डाँडामा हरेक दिउँसो छापिन्थ्यौं । उच्च शिक्षाका लागि नाम कहलिएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका हामी विद्यार्थीहरू जब परीक्षा नजिकै आउँथ्यो सहपाठीसँग सम्बाद गर्दै सिक्थ्यौं । विशेषगरी नियमित कक्षामा पढ्न नपाउनेहरूका लागि परीक्षा नजिकको तयारी विशेष महत्वको हुन्थ्यो । विषय अनुसार पूर्वका मुरारी काफ्ले, सुन्दर देवकोटा, बासु देवकोटा र अरूण काफ्लेको धेरै सहयोग मिलेको थियो । गुल्मीका धनपति पाण्डे उमेर र परिपक्कतामा अग्रज तर सहपाठी थिए । आज श्रीनगर डाँडामा घुम्न आउँदा ती साथीहरू भौतिक रूपमा साथमा छैनन् । उनीहरू आ—आफ्ना ठाउँमा रमाइरहेका छन् । कहिलेकाहीँ मुहारपुस्तिका र प्रत्यक्ष भेटघाट हुन्छ । स्वरूपमा सतही अभिवादनजस्तो देखिन्छ तर गहिरो आत्मीयता अहिले पनि अनुभूति हुन्छ । कक्षाका साथीहरू नभएर के भयो र ? अहिले जीवनसाथीको साथमा छु । फिल्म हेर्न गएको विद्यार्थीले मध्यान्तरमा पुस्तक हेरेर विषयवस्तु सम्झिए जस्तै म पनि सल्लाको ठूटो हेरेर विगततिर विचरण गरेको छु ।

आजको घुमफिरमा पुराना दिनहरू ताजा हुन पुगे । त्यसबेला श्रीनगरमा सल्लाका पोथ्राहरू थिए । घाँसीहरूले ठूलाठूला भारी थुप्रो लगाएजस्तै सल्लाका कलिला बोटहरू साँच्चिकै लोभलाग्दा देखिन्थे । मान्छेको उचाई लिंदै गरेका बोटहरू वरपर हाँगा फिजाएर तानिएका हुन्थे । तिनीहरूका टुप्पा टिपेर खेलाउनु असाध्यै आनन्ददायी हुन्थ्यो । तर, हामीले कहिल्यै हाँगा चुडाएनौं । हामी सोझा थियौं वा डर लाग्थ्यो थाहा थिएन तर भुईंमै प्रत्यक्ष स्पर्शकाकारण चुँडाल्नु आवश्यक पनि थिएन । सल्ला भाँचिनुपरेन । त्यसैले ती बोटहरू ठूलाठूला रूख बन्न पुगेछन् । आज तिनीहरूका मुन्टा छुन नसकिने भएको छ । रूखका काण्डमा चर्केका बोक्रा झार्नु पनि आनन्द हुन्छ । अहिले सल्लाका फूल भूईंमा यताउता झरेका पाइन्छन् । हामी खरबारीमा यी सल्लाका फूल बटुल्नका लागि लुछाचुँडी गथ्र्यौं । आगो बाल्न प्रयोग गरिने यी फूलहरू रङ लगाएर सजाउन पनि प्रयोग भैरहेको छ ।

आजको घुमाइमा श्रीनगरका ती पोथ्रा सल्ला छैनन् । ती पोथ्रामा शीतल तापेर भलाकुसारी गर्ने पाण्डेजी पनि देख्दिन । हामी सल्लामा लुकामारी खेल्थ्यौं । मलाई सम्झना छ । भुसलडाँडाका नानीहरू सल्लाघारीमा पढ्न निस्कन्थे तर सल्लामा लुकामारी खेलेर भेट्टाउन मुस्किल हुन्थ्यो । ती सल्ला बढेर आकाश छुन लागेछन् । भूईंमा मसिनो घाँस हुन्थ्यो । हामी घाँसमा सुत्थ्यौं । विस्तराजस्तै कोमल स्पर्श हुन्थ्यो । अहिले सुकेका पातले जमीन पुरिएछ । हिँड्दा पनि लडिएला जस्तै जीउ सिरिंग भएर आउँछ । बस्दा यता घोंच्छ, उता घोंच्छ । हामीले छहारीमा किताब फिँजारेर छलफल गथ्र्यौं । अहिले पनि ती बोटका समिपमा मानव छन् । हामी प्रायः सहपाठीहरू हुन्थ्यौं । अहिले बोइफ्रेण्ड र गर्लफ्रण्ड हुँदा रहेछन् । पहिला क्लासमेटहरू हुन्थे । अहिले रूममेटहरू हुँदारहेछन् । बोटका वरीपरी कापी र कागजका टुक्रा र बदामका बोक्रा हुन्थे । अचेल रूख वरीपरी कण्डमका खोल, चाउचाउका ¥यापर र बियरका बोतल हुँदारहेछन् । सानोमा सल्लाहरूले उही मान्छेलाई पटकपटक भेटेका हुन्थे । अचेल सल्लाहरूले उही मान्छे विभिन्न रङ र भावनामा र फरकफरक मान्छे उही उद्देश्य र कार्यमा लागेका देख्छन् । उहिले मानिसलाई आनन्द दिने सल्लाहरू अचेल मान्छेका क्रियाकलापको आनन्द लिएका हुन्छन् ।

श्रीनगर उकालो चढ्दै गर्दा पाइताला पछाडि फर्कन्थे । असाध्यै द्रूतगतिमा मेरो मानसपटल दौडिन लाग्यो । नीलकाँढाका रूखहरूले सल्ला, चिलाउने र कटुसका रूखहरूलाई गिज्याइरहेका थिए । करीव आधा शताब्दी नाघेका निलकाँढाहरू बडो फूर्तिसाथ उभिएका छन् । तिनीहरूको काँटछाँट त के कसैले छुन पनि सकेको रहेनछ । कति बहादुर छन् ती काँढाहरू आफ्नो अस्तित्व जोगाइरहेका छन् । सायद धेरैले लात्ती बजारेका कारण होला त्यसबेलाका ढुंगा कतै हल्लिएका र कतै अझैपनि जमिरहेका रहेछन् । कोही त भागेछन् वा किनारा लागेछन् । कतैकतै घाँसले ढुँगालाई ढाकेछ । दूरसञ्चारको टावर ढलेर के भयो र ? त्यहाँ त अग्लो भ्यू टावर बनेछ । श्रीनगरको उचाई कम भएछ । त्यसो त सल्लाहरू यत्रतत्र लडेका छन् । कतै डढेलोले जलेका छन् । कतै हुरी बतासलाई थाम्न नसकेर लम्पसार परेका छन् । जरैदेखि उप्किएका रूखहरू बाटोमा तेर्सिएर गुहार मागेका छन् । मान्छेहरू बाटो बदल्छन् तर काँध थाप्दैनन् । बद्मासी र विवशतामा बाँचेका मान्छेहरूलाई देखेर सल्लापनि लजाए होलान् ।

श्रीनगरको चौडा छातिमा डोजर चलाएछन् । क्रिकेटरहरूलाई माया दिने श्रीनगर धुले पोखरीमा परिणत भएछ । सायद अलिकति जलकुण्ड भैदिएको भए वन्यजन्तु पशुपक्षीलाई राहत हुन्थ्यो । यहाँ त टाढा टाढाबाट एक पटकका लागि पटकपटक मान्छेको भीड लाग्नेरहेछ । अष्टाबक्र परेका मियाल, नीलकाँढाका झाडी र काला सल्ला हेर्न र गाडीमा बोकेर ल्याएका पत्रु खाना र तामसी झोल पिउनका लागि अझैपनि श्रीनगर शान्त रहेछ । कुरकुरे बैंसमा मायाको अभ्यास गर्नका लागि एकान्त रहेछ । एकाबिहानै वनविहार गर्न र जीउतान्नका लागि भने श्रीनगर साँच्चिकै श्रीनगर रहेछ । महंगो बाइनोकुलर किन्न सक्नेका लागि श्रीनगर लामो हिमश्रृंखला देखाइदिने दृश्य केन्द्र रहेछ । सूर्योदयसँगै नांगो आँखाले रातो सूर्य र काखमा असंख्य साना पहाड र मनमोहक माडी फाँट र कौडेको चूली हेरेर कहिल्यै नथाक्ने शक्ति दिने रहेछ श्रीनगर । झुलामा झुल्ने केटाकेटीका लागि रमाइलो उद्यान रहेछ श्रीनगर ।

रंगीन रूखमा आड लिएर एक्लै वा हरियाली पृष्ठभूमिमा राखेर जीवनसाथीलाई अँगालो मार्दै फोटो खिच्नका लागि बुढो भएको छैन श्रीनगर । केही पिकनिक शेडहरू र केही मीटरब्लक बाटो बाहेक श्रीनगरले केही थपेको छैन । नथपेको मात्र होइन श्रीनगरले फालेको पनि छैन । नीलकाँढा, सल्ला र चिलाउने मात्र होइन श्रीनगरले पञ्चायत रजत स्तम्भ पनि जोगाइरहेको छ । ऐतिहासिक गौरवमय तानसेनको शीर नांगो थियो । खुइलो श्रीनगर डाँडालाई सल्लाले छोपियो । अचेल त्यही सल्लालाई गाली गरेको सुन्छु । सल्ला काटेर अर्कै पाते रूख रोप्ने रे । तानसेनलाई सहस्रधारा पानी खुवाउने रे ।
श्रीनगर पोखरीको डिलमा बसेर पसिना सेलाउँदै गर्दा मनमा यी असंख्य भावनाहरू जागृत भएका थिए । पर एक हुल मानिसहरू मर्निङ वाकमा हिंडेका देखिए । पछिपछि एउटा मान्छे रसिद लिएर आइरहेका थिए । ती मान्छे चारदशक अगाडिका हाम्रा घरबेटीका छोरा थिए । अचेल श्रीनगर डाँडामा आउनेहरूका नाममा टिकट काट्दा रहेछन् । उनी नजिकै आएपछि श्रीनगरबारेका मेरा मन तरंगहरू विलीन भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?