ट्रेंडिंग:

>> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट

सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता

६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

सल्यान, ०६ वैशाख ।
सल्यानमा उज्यालो समाज निर्माणका लागि जनप्रतिनिधि, स्थानीय महिला तथा सरोकारवालाहरूले सार्वजनिक प्रतिबद्धता जनाए । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सञ्चालन गरेको महिला सशक्तिकरण र उज्यालो समाज कार्यक्रममा सातवटै वडाका सहभागिहरूले सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।हरेक वडामा सञ्चालन गरिएको कार्यक्रममा विपन्न, दलित, पिछडिएका वर्गका तथा यस अघि कुनै पनि तालिम एवम् कार्यक्रममा समावेश नभएका महिलाहरूलाई अभिमुखिकरण गरिएको थियो । सोही कार्यक्रममा बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले जानकारी दिइन् । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरूको प्रतिवद्धता छ । सामुहिक हस्ताक्षर सहितको प्रतिबद्धता सबै वडा कार्यालयहरूमा सबैले देख्ने ठाउँमा राखिएको छ ।

गाउँपालिकाले महिलाहरूमा आत्मविश्वास र सीप, क्षमता विकास, बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, बालविवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखीकरण गरेको थियो । कार्यक्रममा सहभागि छत्रेश्वरी, ६ लान्ती निवासी सुशिला थापाले समाजमा विद्यमान बाल तथा बहुविवाह, विभिन्न किसिमका हिंसा हुन नदिनका लागि र आफ्नो अधिकारको रक्षाका लागि तालिमबाट धेरै ज्ञान सिक्न पाइएको बताइन् । छत्रेश्वरी, १ का वडा सदस्य सुनिता विक आफूले पनि धेरै नयाँ कुरा सिकको र बालविवाह, वहुविवाह तथा लैंगिक हिंसाविरुद्ध कानुनी रूपमा के गर्न सकिन्छ भन्नेबारे राम्रोसंग जानकारी लिन पाइएको बताइन् । समाजमा अझै पनि पछाडि पारिएका महिलाहरूको आत्मविश्वास बढाउने खालको यस्तो अभिमुखीकरण कार्यक्रमले नयाँ सोच र अगाडि बढ्न प्रेरणा प्रदान गरेको छत्रेश्वरी, ३ निवासी कार्यपालिका सदस्य पवित्रा डाँगीको भनाइ छ । सामाजिक संस्थाका अभियान्ता, अधिवक्ता, प्रहरी, महिला विकास शाखाका कर्मचारी, पत्रकार लगायतले वडास्तरमा भएको कार्यक्रममा अभिमुखीकरण गरेका थिए ।

छत्रेश्वरी गाउँपालिकाको वडा नं. ४ बाट गत चैत १० गते सुरु भएको कार्यक्रम वडा नं ३ मा ११ गते, वडा नं ५ मा १२ गते, वडा नं ७ मा १३ गते, वडा नं.६ मा १४ गते संचालन भएको थियो भने वैशाख २ गते वडा नं २ मा र ३ गते वडा नं.२ मा कार्यक्रम सञ्चालन भएको थियो । सातवटै वडामा गरेर सहभागी लक्षित महिला र अन्य सहभागिहरू सहित २ सय ४४ बढीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?