ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना

६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

कपिलवस्तु, ०६ वैशाख ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीको भविष्य प्रति गम्भीर हुन आग्रह गर्दै शिक्षा क्षेत्रको अराजकता नरोकिए शिक्षा प्रणाली नै ध्वस्त हुने बताए । सरकारले शिक्षकका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि शिक्षकहरू विद्यार्थी भर्ना अभियान छोडेर सडकमा आन्दोलित हुनु गैरजिम्मेवारीपूर्ण कार्य भएको उनको भनाइ थियो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको सहयोगमा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशले जिल्लाको चन्द्रौटामा आयोजना गरेको बिद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम अन्र्तगतको प्रदेशस्तरका प्रमुख सरोकारवाला सँग बार्षिक प्रगती तथा सिकाई समिक्षा कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउने बिषय अहिले चुनौतीको बिषय बनेको तिमल्सिनाले बताए । प्रदेशमा शिक्षाको बजेट न्युन भएको गुनासो गर्दै उनले प्रदेशले शिक्षा नितिमा आवश्यक परिमार्जन शूरु गरेको बताए । सामुदायिक विद्यालयको सुधारका लागी सरकार, सरोकारवाला, शिक्षक र अभिभावकको चासो बृद्धि हुनुपर्नेमा उनको जोड् थियो ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीले लुम्बिनी प्रदेशमा शिक्षाको अवस्थाको बारेमा जानकारी दिदै प्रदेशको शिक्षाको अवस्था सुधार्न सबै सरोकारवाला आ आफ्नो तहमा गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा युनिसेफ लुम्विनी प्रदेश प्रमुख रिद्दी शर्माले लुम्बिनी प्रदेशमा शिक्षाको अवस्था सुधार गर्न बिद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम अन्तर्गतका योजनालाई प्रभावकारी कार्यान्वयनका लागी मन्त्रालयको बार्षिक योजनामा जोड्नु पर्ने बताईन । उनले प्रदेशका १ सय ९ मध्य २७ वटा पालिकामा मात्रै स्थानिय विद्यालय शिक्षा क्षेत्र योजना बन्न थालेकाले अन्यका हकमा समेत मन्त्रालयको अगुवाईमा योजना निर्माण र कार्यान्वयनले प्राथमिकता पाउनु पर्ने उनको सुझाव थियो ।

कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले नेपाल सरकारको विद्यालय शिक्षा योजना कार्यक्रम अन्र्तगतको सरकारको १५ बर्षे शिक्षा योजना लाई सहयोग पु¥याउने गरि ७ जिल्लाको २७ पालिकाहरूको स्थानिय बिद्यालय शिक्षा क्षेत्र योजना निमार्ण कार्य अगाडी बढाईएको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका ७ जिल्लाका २७ पालिकाका शिक्षा शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । युनिसेफ, युरोपियन युनियन, सावमी फिनल्याण्ड र कालिकाको आर्थिक र प्राबिधिक सहयोगमा १३ पालिकाको विद्यालय शिक्षा क्षेत्र योजना अन्तएगतको स्थानिय तहको योजना स्विकृत भएको, ११ पालिकाको योजनाको मस्यौदा तयार भई छलफलको चरणमा रहेको र बाँकी चार पालिकाले बैशाख महिना भित्र विद्यालय शिक्षा क्षेत्र योजना तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाईएको छ ।

त्यसै गरि युनिसेफकै सहयोगमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका र शिवराज नगरपालिकामा कोभिड संक्रमणका कारण विद्यार्थीमा भएको सिकाई क्षति परिपुरणका लागी रियल परियोजना अन्र्तगत चार महिना सम्म अतिरिक्त कक्षा र रूपन्देहीको मर्चवारी तथा कपिलवस्तुको महाराजगंज र शिवराज नगरपालिकामा बहुभाषिक शिक्षाको कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ । कार्यक्रममा शिवराज नगरपालिकाका शिक्षा शाखाका प्रमुख पुर्ण बिश्वकर्माले नगरले माध्यमिक तह सम्म निशुल्क शिक्षाको घोषणा गरि कार्यक्रम कार्यान्वयनमा लगेको जनाए । योजना निर्माणका क्रममा आफुहरूले श्रोत अनुसारको कार्यान्वयन योग्य योजना निर्माणलाई महत्व दिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?