ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण

६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

नवलपरासी, ०६ बैशाख ।
जिल्ला स्थित महेशपुर भन्सारलाई थप गतिशिल बनाउन संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले स्थलगत अवलोकन र सुझाव संकलन गरेको छ । मुल भन्सार भए पनि चाहे जति गतिशिल हुन नसकिरहेको अवस्थामा मिनि संसदको रूपमा हेरिने सरोकारवाला संसदीय समितिको टोलीले स्थलगत अध्ययन तथा सुझाव संकलन गरेको हो ।

समितिका सभापति पुर्व मन्त्री समेत रहेका साँसद अब्दुल खाल सहितको उक्त संसदिय समितिले अध्ययन र सुझाव संकलन गरेको भन्सार कर्मचारी तथा सरोकारवाला संघसस्थासँग सुझाव संकलन गरेको थियो । उक्त टोलीमा साँसदहरू कान्तिका सेजुवाल, गणेश पराजुली, रणेन्द्र बराली, रमा कोईराला पौड्याल, रुक्मिणी राना बराईली, रेखा यादव, हेमराज राई सहित संसद सचिवालयका शाखा अधिकृत प्रविन राई, माईक सञ्चालक सागर दाहाल सहितको टोली आएको थियो । सो टोलीले पहिला उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग पनि छलफल गरि भन्सार र नाकामा पुगेर अध्ययन अवालेकन गरेको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताएका थिए । संघले भन्सार सहित जिल्लाका उद्योग, ब्यवसाय, उपभोक्ताका समस्या र पर्यटकिय क्षेत्रमा हुन सक्ने आर्थिक गतिविधिबारे समेत जानकारी गराइएको संघका वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले गराएका थिए ।

भन्सारको मुल नाकाको रूपमा विगत बर्षमा सञ्चालन ल्याइएको भए पनि प्लान्ट क्वारेन्टाईन, अध्यागत लगायतका अन्य सहयोगी संरचना र पूर्वाधार अभावले पुर्ण रूपमा काम गर्न नसकिरहेको अवस्थाबारे पटक पटक संसद जिल्लाका साँसदहरूले कुरा उठाइदै आएको थिए । अहिले संसदिय समितिले स्थलगत रूपमै पुगेर अवस्थाबारे जानकारी लिइन आएको समितिका सभापति साँसद खानले जानकारी गराएका थिए । समितिले यहाँको सुझावलाई आवश्यक कारवाहीका लागि सरकार समक्ष पेश गर्ने उनको भनाई थियो । मुल नाका बनाएर मात्र पुग्दैन,आवह्यक पुर्वाधारको कमि पनि पुरा गर्दै लैजानु पर्ने हुन्छ । त्यसका लागि यो संसदीय टोलीले प्रतिवेदनमा समेटने सभापति खानले आश्वस्त पारेका थिए ।

मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा।युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्, जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन सकिरहेको छैन । भन्सारका लागि आवश्यक जग्गा अधिग्रहण गर्नु पर्ने,भन्सारबाट बाईपास, भक्सिपुर पुल अग्लो बनाउनु पर्ने जस्ता पूर्वाधार अतिआवश्यक छ । भारत तर्फको भन्सार कर्मचारीसँग पनि समन्वय गरि सुनौलीबाट भन्सार गर्न लाम बस्नुपर्ने ब्यवसायीलाई महेशपुर तर्फ डाईभर्ट गरेर ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् । नेपाली उपभोक्ता विषादी युक्त तरकारी खान बाध्य छन् । भन्सार नहुँदा राजस्व ह्रास भइरहेको छ ।

भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायीले ब्यवसाय गर्न नपाउँदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन । हाटबजारमा तरकारी आपूर्ति पर्याप्त मात्रामा आउन नसक्दा तरकारीको मूल्य पनि आकासिँदै जाँदा उपभोक्ता मूल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी, विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकूल असर पर्नुका साथै तरकारीमा मूल्यवृद्धि जस्ता समस्या भई रहेका छन् ।

महेशपुर भन्सार नाका स्थापना भएको ७ बर्ष पुग्न लाँदा पनि भन्सारका लागि अति आवश्यक प्लान्ट क्वारेन्टाईन अझैसम्म सञ्चालनमा नआउँदा भन्सारले पुरै क्षमतामा काम गर्न सकेको छैन् । भारतिय बजारबाट बनस्पतिजन्य तरकारी लगायतका खाद्य सामाग्रीको भन्सारका लागि क्वारेन्टाईन भए मात्र भन्सार गर्न सक्ने प्रावधान भएका कारण हालसम्म पनि क्वारेन्टाईन सञ्चालनमा आउन नसक्दा भन्सारले ती बस्तुहरूको भन्सार गर्न समस्या भएको जानकारी गराएको हो । भन्सारमा तत्काल प्लान्ट क्वारेन्टाईन सञ्चालनका लागि संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले २०८१ भदौ १७ गते नै ज्ञापनपत्र बुझाएका थिए ।

प्लान्ट क्वारेन्टाईन आउने पनि आश्वासन पाएको उनले जानकारी गराएका थिए । तर अहिले सम्म प्लान्ट क्वारेन्टाईन स्थापना हुने लक्षण देखिएको छैन् । जिल्ला समन्वय समिति (जिसस) ले अनुगमन गर्दा पनि भन्सार कार्यालयले त्यही प्लान्ट क्वारेन्टाईनका लागि पहल गर्न आग्रह गरेको थियो । उनी पनि पहल गर्ने भनेर आश्वासन दिएका थिए, तर खासै पहल भएको देखिएन । जिल्लामा जो सुकै मन्त्री, प्रधानमन्त्री देखी मन्त्रिसम्म आउदा प्लान्ट क्वारेन्टाइनका कुरा उठ्ने गरेको छ । तर हालसम्म सञ्चालन गराउन नसक्दा भन्सार प्रमुखमा नैरास्यता छाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?