Butwal Today

दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु

५ बैशाख २०८२, शुक्रबार
अ+
अ-

लमहि, ६वैशाख ।

राप्ती गाउँपालिका–५ लठ्ठवा नजिक पूर्व–पश्चिम राजमार्गमा आज बेलुकी ६ बजे बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने करिब दुई दर्जन यात्रु घाइते भएको वडा प्रहरी  कार्यालय लमहीका सहाय प्रहरी निरक्षक धर्म खड्काले बताए   ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका बन गाउँकी पुस्पा डाँगी र राजपुर स्थायी ठेगाना भई लमही नगरपालिका–५, रातो डाँडाका निलसरोज यादव रहेका छन्। डाँगीको घटनास्थलमै र यादवको उपचारका क्रममा लमही अस्पतालमा निधन भएको खड्काले  बताए ।

कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेका घाइतेहरूलाई लमही र सिसहनिया अस्पतालमा उपचार पछि केहिलाइ थप उपचारका लागि बुटवल  रिफर गरिएको  प्रहरी  कार्यालय  भालुबाङले जनाएको छ।