Butwal Today

इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा 

५ बैशाख २०८२, शुक्रबार
अ+
अ-
भैरहवा, ५ वैशाख । 
रुपन्देहीको भैरहवामा ‘द डेली ग्राइण्ड क्याफे’ सञ्चालनमा आएको छ । क्याफेसँगै अल इलेक्ट्रिक भेइकल चार्जिङ स्टेशन समेत सञ्चालनमा आएको हो ।‘द डेली ग्राइण्ड क्याफे’ का सञ्चालक इन्दु कुँवरले सिद्धार्थनगर नगरपालिका–३ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसीएमएस) रोडमा सञ्चालनमा आएको यो प्रतिष्ठानमा विद्युतीय सवारीसाधन छिटोछरितो चार्जिङ गर्नुका साथै क्याफे सेवा उपलब्ध रहेको बताइन् ।
 ‘पछिल्लो समय ईभी गाडी धेरैको रोजाइमा पर्न सफल भएको छ, ’उनले भनिन्–‘गाडी चार्ज हुन लाग्ने ३० देखि ४५ मिनेटको अवधि (समयमा) सवारीचालक तथा यात्रुहरुले क्याफेमा बसेर चिया, कफि, बेकरी आईटम, खाजा—नास्ता खान सक्नुहुनेछ ।’
द ग्राइण्ड क्याफे’ को शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता(सि.के.), श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठ तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरका अध्यक्ष गणपति चन्द्रमणि पौडेल, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?