Butwal Today

लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक

विद्यालय भन्छ सिम्बल नम्बर लेख्‍न सिकाउँदै
५ बैशाख २०८२, शुक्रबार
अ+
अ-

 लुम्बिनी ।
शिक्षा जिवनको ज्योति हो तर शिक्षालाई तहसनहस बनाइएको छ । शिक्षकहरु पढाउने भन्दा राजनीतिकमा ब्यस्त देखिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको शिक्षाको आवस्था अत्यन्तै खस्केको छ । गत बर्ष आधारभूत तह र माध्यमिक तहको नतिजा बिग्रीएको थियो । यस बर्ष २०८१ आधारभूत कक्षा ८ को अन्तिम परिक्षाको नक्कलको भिडियो लिक भएको छ । यसबाट धेरै जनताको अशका उपसका जागेका छन् । गत बर्षको नतिजा राम्रो नआएकोले नक्कल गराएर राम्रो नतिजा दिलाउनका लागि नक्कल गराइएको धेरै जसोको अनुमान रहेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मा रहेको श्री मसिना बाबा नरेन्द‌पुरी माध्यमिक विद्यालयमा एक शिक्षकले परिक्षा चलिरहेको बेलामा कालोपटीमा केही लेखिरहेको आवस्थामा सिसिटिभि क्यामरा चलिरहँदा एक जनाले मोबाईलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त भिडियो मदरसा स्कुलको विद्यार्थीहरुको रहेको बताइएको छ । सामुहिक एक कोठामा राखेर नक्कल गराई रहेको स्रोतको दाबी रहेको छ । उक्त भिडियो समाजिक सञ्जालमा भाइरल बने पछि विद्यालयले प्रेस विज्ञाप्ति निकालेर आधारभूत तह कक्षा ८ को नगर स्तरीय परीक्षासंग सम्बन्धित भिडियो प्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त भिडियोमा यस श्री मसिना बाबा नरेन्द्रपुरी मोग्लहा माध्यमिक विद्यालयको नाम किटान गरिएको र यस विद्यालयमा कक्षा ८ को परीक्षा केन्द्र रहेको एवम मदरसाका विद्यार्थीहरुलाई परीक्षा केन्द्रको पुरा नाम लेख्न अफ्ठ्यारो भएको र सिम्बल नम्बर अंक र अक्षरमा समेत लेख्न नमूनाको रुपमा बोर्डमा लेखिएको कुरा अवगत गराउन चाहन्छौ ।

त्यस भिडियो मार्फत केवल विद्यालयको नाम बदनाम गर्न खोज्ने केही अराजक तत्वहरुको यस्ता धिनलाग्दो क्रियाकलाप गरेको समेत बुझन सकिन्छ । परीक्षाको दौरानमा सम्पूर्ण कक्षाकोठामा सिसिटिभीको निगरानीमा परीक्षा सम्पन्न भएको र सिसिटिभी को निगरानीमा चिट नभएको प्रष्ट जानकारी गराइन्छ । साथै चिट गराउने मानसिकता भएको भए सिसिटिभी चालु गर्ने कुरा हुदैन्थ्यो । यस भिडियोले केवल सामाजिक सदभाव विथोल्ने काम गरिएको व्यहोरा जानकारी गराइन्छ । यस विद्यालयको दुष्प्रचार गर्न खोजिएको र यस भिडियोको पछाडी नलाग्न सम्पूर्ण शिक्षा प्रेमी, सामाज सेवी, अभिभावक, विद्यार्थी एवम सम्पूर्ण सरोकारवालामा हार्दिक अनुरोध गर्दछौ भनि प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ । कक्षा आठमा पुगे पछि नाम र सिम्बल नम्बर लेख्‍न नजाने विद्यार्थीहरु कति गुणस्तरीय पढाई भएको होला अनुमान गर्न सकिन्छ । यस भिडियो सत्य तथ्यको छानबिनका माग गरेको छ ।