© २०२३
बाँके, ०५ वैशाख ।
राप्तीको बगारमा किसानहरूले तरबुजा उत्पादन गरेर मनग्य आम्दानी गरिहेका छन् । बाँकेको डुडुवा गाँउपालिका क्षेत्रमा पर्ने राप्ती बगारमा किसानहरूले असोज महिनादेखि नै तरबुजा फलाउनका लागि रातदिन मेहिनत गरेर लटरम्मा तरबुजा फलाएका छन् । उत्पादन भएको तरबुजा किसानहरूले नजिकै रहेको नेपालगञ्ज बजार र गाँउगाँउमा गएर बिक्री गर्ने गरेका छन् । तरबुजा फल्न शुरु भएपछि रातीदिन राप्तीको बगारमा बास बसेर बचाउन निकै कष्टकर रहेको राप्ती नदीको बगरमा खेती गरिरहेका किसान बाजे कोरीले बताए । उनले यो बर्ष ४ विगहा जमिनमा तरबुजा र तरकारी खेती गरेका छन् । धेरै फलेपछि नेपालगञ्ज बजारमा लगेर बिक्री गर्ने र कहिले गाउँमा त कहिले बगारमै व्यापारीहरूले किनेर लग्ने गरेको कोरी किसान कोरीले बताए । यो बर्ष तरबुजामा राम्रो फल लागेको र पाक्न पनि शुरु भएको छ, अझै बिक्री भने फट्ट फुट्ट मात्र भइरहेको छ । गत बर्ष तरकारी बहेक तरबुजामा मात्र राम्रो आम्दानी भएको थियो तर यो बर्ष हेरौँ राम्रै आम्दानी गर्ने आशमा छु, उनले भने ।
राप्ती बगारमा तरबुजा र तरकारी खेती गर्नका लागि पानी लगाउनु पर्ने समस्या आउँदैन । तरबुजा र तरकारी खेती गर्नका लागि बजारमा २ देखि ३ मिटर सम्म गहिरो खल्दो खनेर लगाउने भएकोले बरम्बार पानी लगाउनुपर्ने समस्या नरहेको किसान राम संकर वर्माले बताए । तर यहाँ बस्नका लागि बत्ती र पानीको लागि गाँउपालिका अथवा सम्बन्धित निकायले ध्यान दिए अझै राप्ती बगारका तरबुजा फस्टाउने किसान वर्माले बताए । उत्पादन भएको तरबुजा र तरकारी बिक्री गर्न खासै गह्रो हुँदैन तर रप्तीको बगारमा खेतीबाट उत्पादन भएका तरबुजा र तरकारी रातीको समयमा बचाउनको लागि रातीदिन नभनि बास बसेर चौकीदारी गर्नुपर्ने मुख्य समस्या रहेको, उनले भने राप्तीको बगार सुन फलाउने ठाउँ हो तर यहाँ चोरी पनि धेरै हुने भएकोले उत्पादन भएको सामग्री सबै हात लाग्दैन ।
रामकुमारी कोरीको बुबाले राप्ती बगारमा करिब ३ विगहा जमिनमा तरबुजा र तरकारी खेती गरेका छन् । तरबुजा उतपादन भएको समयमा तरबुजा रातीमा चोरी हुने सबै भन्दा ठूलो समस्या रहेको रामकुमारी कोरीले बताइन । तरबुजा चोरी नभएपछि अरू बर्ष आम्दानी धेरै हुन्थ्यो । यो बर्ष बिक्री शुरु भएको छैन तर फल राम्रो लागेको छ । फल राम्रो लागे पनि हात सबै लाग्दैन उत्पादन भएको समाग्री सबेै हात लागे राप्तीको बगारबाट राम्रो फाईदा लिन सक्ने उनले भने, राप्तीको बगारमा तरकारी उत्पादन धेरै मिहेनत र लगानी लाग्ने गरेको हुन्छ त फाईदा लगानी अनुसार हुँदैन । उनले भने, माटोमा भन्दा दुई गुण बढी हुन्छ र लगानी पनि कम लाग्ने गरेको हुन्छ उत्पादन पनि हुन्छ तर बगारमा बचाउनै गह्रो रहेको बताए ।राप्तीको बगारमा तरबुजा र तरकारी खेती धेरै नै उपयूक्त रहेको ठाँउ हो । तर बाटो, विद्युत र खाने पानीको सुविधा पु¥याउनु पर्ने अवश्यकता देखिन्छ ।
बजारी करण र उत्पादन भएका मालबस्तुहरूलाई गाँउपालिका र कृषि ज्ञान केन्द्रले ध्यान दिन सकेको छैन । पश्चिम तराईको ठूलो नेपालगंज बजार भएको ठाँउ हो उत्पादन भएको तरकारी तथा अन्य सामग्री नेपालगंज नै खपत हुन सक्छ तरपनि डुडुवा गाउँपालिका र कृषि ज्ञान केन्द्रले ध्यान दिन सकेको छैन । राप्तीको बगारमा उत्पादन भएका तरकारी लगायत अन्य सामग्रीमा ध्यान दिन सके भारतबाट निर्यात हुने विषालु तरकारीबाट बच्न सक्ने सम्भावना देखिन्छ । डुडुवा गाउँपालिको मल विऊ किटनाशक उपलब्ध गराएपनि बजारीकरण गराउन सकेको छैन । पालिकाबाट हरेक सजिन अनुसार किटनाशक औषधी उपलब्ध गराउँदै आएको डुडुवा गाउँपालिकाको कृषि शाखाले जानकारी गराएको छ । उत्पादित तरकारीहरूलाई बजारीकरण गर्न भने सकेको छैन् । बजारीकरण गर्नका लागि योजना बनाए पनि योजना मै सीमित रहेको छ ।