ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

वासिंगटन डिसी, ५ बैशाख ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजविहीन आप्रवासीलाई स्वेच्छाले अमेरिका छोड्ने नयाँ योजना ल्याएका छन् । फक्स न्युजलाई दिएको भर्खरैको अन्तर्वार्तामा ट्रम्पले भनेका छन  कि जो अमेरिका स्वविकेकले छोड्न इच्छुक छन्, उनीहरुलाई अब सरकारबाट पैसा र उडान टिकट जस्ता सहयोग दिइनेछ ।

उनका अनुसार यस योजनाको उद्देश्य भनेको गम्भीर आपराधिक रेकर्ड भएका व्यक्तिहरूलाई पहिले देशबाट निष्कासन गर्ने र राम्रो भएकाहरूले भविष्यमा कानुनी रूपमा अमेरिका फर्कने मौका पाउन सक्ने हो । आफ्नो योजनाको व्याख्या गर्दै ट्रम्पले भने, ‘हामी उनीहरूलाई केही स्टाइपेन्ड, पैसा र विमानको टिकट दिनेछौं। त्यसपछि यदि तिनीहरू असल व्यक्ति हुन् र हामी उनीहरू फर्कन चाहन्छौं भने हामी तिनीहरूलाई छिटो फिर्ता ल्याउन उनीहरूसँग मिलेर काम गर्नेछौं।’

यो योजना ट्रम्पको पहिलेको कडा आप्रवास नीतिभन्दा अलि फरक रहेको छ। अब तिनीहरूको ध्यान केही मानिसहरूलाई कानुनी रूपमा अमेरिका फर्कने मौका दिनमा छन्। यद्यपी यो योजना कहिलेदेखि सुरु हुन्छ, यसको लागि को को योग्य हुनेछन् र यसको पूर्ण कार्यविधि के हुने हो भन्ने अझै स्पष्ट भइसकेको भने छैन्। यस योजनामा ​​कृषि र होटल जस्ता क्षेत्रहरूलाई आवश्यक कर्मचारीहरू प्राप्त गर्न मद्दत गर्ने पनि समावेश रहेको छ। ट्रम्पले भने कि उनको सरकारले यी महत्त्वपूर्ण जागिरमा भर्ना गर्न सक्ने व्यक्तिहरूलाई सिफारिस गर्नेछ, जसले किसानहरूलाई धेरै फाइदा पुर्‍याउँन भुमिका खेल्ने छन्।

सो अन्तर्वार्ताका क्रममा एउटा भिडियो क्लिप देखाइएको थियो, जसमा करिब २० वर्षअघि अमेरिका आएका एक मेक्सिकन व्यक्तिलाई देखाइएको थियो । उनका छोराछोरी अमेरिकामा जन्मेका थिए र अहिले उनीहरू अमेरिकी नागरिक भएका छन । यी व्यक्ति भने बिना कागजात अमेरिकामा बसिरहेको छ तर उनले ट्रम्पलाई समर्थन गर्दै अपराध गर्ने मानिसहरूलाई आफ्नो देश फिर्ता पठाउनु पर्ने जनाएका छन ।यसमा ट्रम्पले भने, ‘मैले यो मान्छेलाई हेर्छु र मलाई लाग्छ कि हामीले राख्नु पर्ने केटा हो, केही मानिसहरूले मलाई यो भन्दै आलोचना गर्न सक्छन्, तर मलाई लाग्दैन कि यो व्यक्तिलाई देश निकाला हुने खतरा छ, उसलाई यो देशमा राख्नु पर्छ ।’

साथै, ट्रम्प सरकारले आप्रवासीहरूलाई आफ्नै देश जान प्रोत्साहित गरिरहेको छ र यसका लागि नयाँ एप अर्थात सीबीपी होम एप लन्च गरिएको छ। यस एप मार्फत कागजात नभएका आप्रवासीहरूले संयुक्त राज्य अमेरिका छोड्ने इच्छा आफैले निर्णय गर्न सक्छन्। यसबाट स्वेच्छाले देश छाड्ने प्रक्रियालाई सहज र छिटो बनाउन सकिने ट्रम्प सरकारको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?