ट्रेंडिंग:

>> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो

मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

बुटवल, ५ वैशाख ।

मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको छ ।

तिलोत्तमा २ मा रहेको मणिमुकुन्द भलिवल क्लबको आफ्नै खेल मैदानमा शनिवारबाट हुने भलिवल प्रतियोगितामा नेपालका विभागीय ३ वटा टिम सहित ७ वटा टिम रहेका छन् भने भारत गुजराँतको एक टिमको सहभागिता रहेको छ । रात्रीकालिन भलिवल प्रतियोगिताको उदघाटन खेल आयोजक मणिमुकुन्द भलिवल क्वब र साग भलिवल एकेडेमी भारतबिच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र गोल्कोट भलिवल क्लब बिच हुने छ ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, इरानका भलिवल खेलाडीको सहभागिता रहेको मणिमुकुन्द भलिवल क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले बताए । गर्मी मौसमका कारण यसपटक रातिमा प्रतियोगिता गर्न लागिएको हो ।

साँझ ४ बजेबाट सुरू हुने खेल राति १० बजे सकिने गरी तयारी गरिएको अध्यक्ष भण्डारीले बताए । प्रतियोगितामा बिभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश र आयोजक मणिमुकुन्द भलिवल क्लब, गल्कोट भलिवल क्लब र भारतको साग भलिवल एकेडेमी गुजराँतको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११, कप, मेडल, प्रमाण पत्र पाउने छन् । दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११, कप, मेडल प्रमाणपत्र हात पार्ने छन् । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११, कप, मेडल, प्रमाणपत्र पाउने छन् । सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६, कप, प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, मेडल, प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा बिधागततर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए । ६ गतेबाट सुरू हुने प्रतियोगिता १३ गते सम्म सन्चालन हुने आयोजक मणिमुकुन्द भलिवल क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा विभिन्न टिममा विदेशी खेलाडीको सहभागिताले खेल रोचक हुने आयोजक भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?