ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

डुबान जोगाउने गुरुयोजनामा आशंका

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

नवलपरासी,०५ वैशाख ।
जिल्लाको सिमावर्ति सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा हुने गरेको डुबान रोक्न विभिन्न गुरुयोजना र डिपिआर बने पनि डुबान समस्या समाधान हुनेमा स्थानीयले आशंका ब्यक्त गरेका छन् । स्थानीयको परामर्श बिना नै प्राविधिक सोंचले मात्रै ती गुरुयोजना र डिपिआर बनाइएको भएपनि जलनिकासको बैज्ञानिक र स्थलगत नगरिँदा डुबान नियन्त्रण हुने प्रति आशँका ब्यक्त गर्न थालेका हुन् ।

गत बर्ष नै ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन (अिपिआर) बनाउने होडबाजी चलाइएको थियो । सिमा क्षेत्रको डुबान नियन्त्रणको लागि बनेको गुरुयोजनाको लाभ इन्जिनियर र ठेकेदारको लाभ लक्षित भएको आरोप छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पनि आवश्यक बजेट विनियोजन कहिँकतैबाट नहुने र बनेका गुरुयोजना र डिपिआर पनि बजेट भ्याउने तर निकास ननिस्कने अवस्था रहेको स्थानीयको दाबी छ । गत बर्ष सो क्षेत्रका संघीय संसद प्रतिनिधिसमा सदस्य (साँसद) विनोद चौधरीको पहलमा संघ सरकारले गुरुयोजना निर्माण गर्न लगाएको थियो । त्यसै गरि सरावल गाउँपालिकाले पनि आफ्ना पालिका भित्रको डुबान नियन्त्रणका लागि डिपिआर बनाउन लगाएको थियो । गुरुयोजना र डिपिआरमा प्राविधिक रूपमा डुबान क्षेत्रका प्रमुख झरही र धनेवा खोलामा बाँध अग्लो बनाउने, ठोक्करहरू निर्माण गर्ने जस्ता विषयहरू समेटिएका छन् । तर डुबानको कारण भन्ने यकिन गरिएको छैन ।

डुबानको कारण र बास्तविक रूपमा निकास कसरी हुने भन्नेबारे प्राविधिकहरूले ध्यान नदिइएकै कारण अर्बाै रुपिया खर्चिए पनि डुबान जस्ताको तस्तै रहने दाबी स्थानीयको छ । जनताको समस्या एकातिर छ, स्थानीय मुरारी मौर्यले भने, गुरुयोजना र डिपिआर आर्कै प्रकारको छ । यसले इन्जिनियर र ठेकेदारलाई मात्रै लाभ हुने देखिन्छ । बाढीको समस्या जस्ताको त्यस्तै रहन्छ । उनका अनुसार झरहीखोलाको पानीलाई पाल्हीनन्दनको सुगौलीबाट नै बाँध बनाई धनेवा खोलामा मिसिने कार्य बन्द नगराएसम्म डुबानले निकास पाउँदैन् । चुरेबाट बग्ने झरही खोलाको पानीको घनत्व बढी हुन्छ । धनेवा खोलाको पानी खेतको पानी हो । खेतको पानीको घनत्व कम हुन्छ । बुडन्तवापुर स्थित झरही खोला र धनेवा खोला मिसिदा झरहीखोलाको पानी नै बाँध जस्तो काम गछृ । धनेवा खोलाको पानी बग्न पाउदैन । जुन पानीले पाल्हीनन्दनको वार्ड नं. १ र २,सरावल गाउपालिकाको ५,६ र ७ र प्रतापपुरको वार्ड नं.३ लाई डुबान गर्छ । यी समान्य कुरा पनि प्राविधिकले ध्यान नदिइने बाँधको उचाई बढाउने,ठोक्कर निर्माण गर्ने कार्यलाई मात्र समेटेका छन् । त्यसमा प्राविधिक इन्जिनियरलाई भत्ता र ठेकेदारलाई ठेक्का मात्र हुन्छ ।

उनका अनुसार संघीय सरकारबाट सरावल सहित जिल्ला भरिका डुबान नियन्त्रण गर्नका लागि १ अर्ब ७० करोड बराबरको गुरुयोजना बनेको छ । यता सरावल गाउँपालिकाको धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उक्त धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपियाँ लागत पर्ने उल्लेख छ ।धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउँपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराएका थिए ।

उनका अनुसार खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वडा मध्ये ४ वटा वडाका बासिन्दा छन् । सरावल गाउपालिकालाई दुई वटा संघिय निर्वाचन क्षेत्र जोडेको हुदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रूपमा सरावलका जनताले मतदान गरेका छन् ।
गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर, लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो, तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए ।उनले डुबान नियन्त्रणका लागि पहल गर्न लाईजन कार्यालयलाई पत्र समेत लेखेका छन् । त्यसैगरि डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउँपालिकाका केही क्षेत्र पर्ने आर्को क्षेत्रका प्रदेश साँसद तथा हाल बन तथा वातावरण मन्त्री कलवार पनि छन् । धनेवा खोलाको अधिकाँस भाग सरावल गाउँपालिकाको ४ वटा वार्डलाई छोएको छ ।

धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ । विगत बर्षमा खुल्ला रूपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरूको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरू बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो, त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?