Butwal Today

सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी

४ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएको विषय केन्द्रीय समिति बैठकलाई जानकारी गराएकी छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सुमनाले आफूले सभापति रवि लामिछानेलाई राजीनामा बुझाएको जानकारी गराएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

उनले राजीनामाबारे जानकारी गराएपछि पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले यसलाई प्रक्रियागत रूपमा अगाडि बढाइने बताएको झाको भनाइ छ।