Butwal Today

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

४ बैशाख २०८२, बिहीबार
अ+
अ-

स्याङ्जा, ४ बैशाख ।

गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन ।सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने  ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।