ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

काठमाडौं, ५ बैशाख ।

स्याउ स्वास्थ्यका लागि निकै राम्रो फल मानिन्छ । डाक्टरहरूले यसलाई खान सल्लाह दिन्छन्। यो फल हरेक रोगको लागि उपयुक्त मानिन्छ। ‘दिनमा एउटा स्याउ खाएमा डाक्टरकहाँ जानु पर्दैन्’ भन्ने भनाइ पनि रहेको छ । खासमा स्याउको ७५ सय भन्दा बढी प्रजातिहरु विश्वभरीमा रहेका छन । तर, यसमा एउटा स्याउ यस्तो पनि छ, जुन उत्तरी छिमेकी देशमा उब्जनी र सबैभन्दा महँगोमा बिक्री हुने गरेको छ, त्यो स्याउँ प्रतिकिलो ६ हजारदेखि ८ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको मतलव, एउटा टुक्राको मूल्य १५ सय रुपैयाँसम्म पर्न जान्छ । आखिर यसको के विशेषताले यति महँगो बनाएको छ ? जबकी यसको रंग पनि रातो छैन। उसो भए जानौं । यो स्याउ ‘ब्ल्याक डायमन्ड एप्पल’ को रूपमा चिनिन्छ। तिब्बत र भुटानको पहाडी क्षेत्रमा खासमा यसको खेती गरिन्छ। यसलाई ‘हुआ निउ’ पनि भनिन्छ। यसको रंग कालो र बैजनी पनि छ। त्यसैले यसलाई ‘कालो हीरा’ भनिन्छ। यो स्याउ मुख्यतया चीनको तिब्बती पठारको निङ्ची क्षेत्रमा उत्पादन गरिने गरिन्छ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को मूल्य करिब १२०० देखि रु २५०० सम्म हुन्छ, जुन सामान्य स्याउको तुलनामा धेरै बढी हो । नेपालको उत्कृष्ट स्याउ पनि प्रतिकिलो ५०० रुपैयाँ भन्दा बढी पर्दैन तर यो १५ गुणा महँगो छ। विशेष उपहार प्याकिङमा यसलाई प्रति स्याउ रु ३२,०० देखि ८००० सम्ममा बिक्री गर्न सकिन्छ।यो महँगो हुनुको मुख्य कारण यसको दुर्लभता, सीमित उत्पादन र यसलाई बढाउन लाग्ने लामो समय अर्थात लगभग ८ वर्ष हो। यो स्याउ चिसो र पहाडी क्षेत्रमा मात्र फल्छ। उत्पादन धेरै कम छ, जसका कारण यसको मूल्य बढेको हो । सामान्य स्याउको रूखले ४–५ वर्षमा नै फल दिन थाल्छ तर यो १० बर्ष पछि मात्रै उत्पादन दिन थाल्छ ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को स्वाद मीठो, नरम र क्रिस्पी हुन्छ। यसलाई मीठो र अमिलो स्वादको अनुपम अनुभव मानिन्छ, जुन प्राकृतिक ग्लुकोजले भरिपूर्ण हुन्छ, जसले यसलाई असाधारण मिठो बनाउँछ। यसको बाक्लो छालाले यसलाई चम्किलो र नरम बनाउँछ। तर, यसको भित्री भाग भने सेतो हुन्छ। स्वाद धेरै स्वादिष्ट र स्फूर्तिदायी छ। त्यसैले यो मीठो र रसदार लाग्छ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को गाढा बैजनी छाला एन्थोसायनिनमा भरपूर हुन्छ, एक प्रकारको एन्टिअक्सिडेन्ट। एन्टिअक्सिडेन्टहरू सूजन कम गर्न, प्रतिरक्षा प्रणालीलाई बढाउन, हृदय रोग र क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सघाउँ पुग्छ । यसको स्वादमा मीठो र अमिलोको सन्तुलनले यसलाई सामान्य रातो वा हरियो स्याउभन्दा फरक बनाउँछ भन्न सकिन्छ। तिब्बतको उच्च पहाडमा हुर्कने भएकाले यो पराबैंगनी किरणले बढी प्रभावित हुन्छ, जसले यसको रंग र स्वादलाई बेग्लै बनाउँछ। जब सूर्यको पराबैंगनी किरणहरू सीधै यस फलमा पर्छन्, रङ कालो वा बैजनी हुन गएका हुन् । ‘ब्ल्याक डायमन्ड एप्पल’ लाई प्रकृतिको साँचो चमत्कार पनि भनिन्छ, आश्चर्यजनक सौन्दर्य, अद्वितीय स्वाद र प्रभावशाली स्वास्थ्य लाभहरूको साथ। यद्यपि यो फल दुर्लभ र विशेष छ। यसको लोकप्रियता भने दिन प्रतिदिन बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?