© 2026
सुर्खेत,४ बैशाख ।
वर्षा सहित आएको बाढीको कारण हुम्लाको अदानचुली गाउँपालिकामा क्षति पुगेको छ । बाढीले पसल तथा घरहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरी नायव उपरिक्षक शंकर पोखरेलका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पु¥याएको पु¥याउनुका साथै पशु चौपायाहरुमा क्षति पुगेको छ । उनका अनुसार अदानचुली-३ का धर्म बुढाको दुई कोठे गोठमा क्षति पुग्नुका साथै २७ वटा बाख्रा मरेका छन् भने २५ वटा बाख्रा बाढीमा वेपत्ता भएका छन् । त्यसैगरी २९ वटाको जिवितै उद्धार गरिएको छ । बुढाका ८१ वटा बाख्रा थिए ।
यस्तै अदानचुली गाउँपालिका वडा नम्बर दुईका ठेड बुढाको सातजना परिवारलाई बाढीको कारण घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । ‘ठेडे बुढाको चार कोठे टीनले छाएको घर बाढीको कारण उच्च जोखिममा परेपछि परिवारका सदस्यलाई आफन्तकोमा सारेका छौंं’ उनले भने, ‘बाढीको कारण मानवीय क्षति भने भएको छैन ।’ यस्तै खाद्य व्यवस्थापन कार्यालय तथा पालिकाको कार्यालयमा सामान्य क्षति पुगेको उनले जनाए । बाढीका कारण १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ यद्यपि सम्पूर्ण क्षति बारेमा एकीन विवरण नआएको प्रहरी प्रमुख पोख्ररेलले जानकारी दिए ।
बिहान अचानक परेको वर्षासँगैको बाढीले अदानचुलीमा पु¥यएकोे क्षतिका बारेमा स्थानीय गल्फागाड र श्रीनगर प्रहरी चौकी बाढी प्रभावित क्षेत्रमा खटिरहेको छ, बाढीले गल्फागाड खोला, श्रीनगर बजारलगायतका क्षेत्रमा बढी क्षती गरेको बताइएको छ ।