© २०२३
आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सले रोमाञ्चक सुपर ओभर जित्दै राजस्थान रोयल्सलाई हराएको छ र तालिकाको शिखरमा पुगेको छ।
१८८ रनको लक्ष्य दिएपछि दिल्लीले अन्तिम बलमा खेल बराबरी गरायो। राजस्थानलाई जितका लागि दुई रन आवश्यक पर्दा ध्रुव जुरेल रन आउट भए। सुपर ओभरमा राजस्थानले ११ रन मात्रै बनाउन सक्यो, जहाँ जयस्वाल र पराग दुवै रन आउट भए। जवाफी ब्याटिङमा ट्रिस्टन स्टब्सले सन्दीप शर्माको बलमा निर्णायक छक्का प्रहार गर्दै दिल्लीलाई १२ रनको लक्ष्यमा जिताए।
दिल्लीका लागि अभिषेक पोरेलले ४९, केएल राहुलले ३८, स्टब्सले नटआउट ३४ रन बनाए भने कप्तान अक्षर पटेलले पनि १४ बलमा ३४ रन जोडे। राजस्थानका जयस्वाल र नितिश राणाले अर्धशतक बनाए पनि अन्त्यतिर दबाब थेग्न सकेनन्। दिल्लीले ६ खेलमा पाँच जित हात पार्दा राजस्थानले सात खेलमध्ये पाँच हार बेहोरेको छ।