ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सरकारः शिक्षकका माग सम्बोधन गर

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

‘मन्त्रिपरिषदको मंगलवार साँझ बसेको वैठकले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।’ सरकारको यो निर्णयप्रति शिक्षक महासंघले विश्वास गरिहाल्ने अवस्था नरहेको भन्दै आन्दोलन जारी नै रहने जनाएको छ । सरकार र शिक्षक महासंघबीच सहमतिको तारतम्य मिल्न नसक्दा दुई सातादेखि देशभरका सामुदायिक विद्यालय वन्दको अवस्थामा छन् । अहिले नयाँ विद्यार्थी भर्ना गर्ने बेला हो । सरकारले भर्ना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ तर शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित भएको छ । आन्दोलनकै कारण कक्षा १२ को परिक्षा समेत प्रभावित हुने अवस्था आएको छ । एसईईको उत्तरपुस्तिका समयमै जाँच नहुने अवस्था छ । त्यसले नतिजा प्रकाशनमा पनि ढिलाई हुँदा कक्षा ११ को अध्ययनमा समेत असर पर्ने स्थिति छ । सरकारले शिक्षक महासंघका माग अविलम्ब सम्बोधन गरि आन्दोलन अन्त्य गर्नेतर्फ प्रयास गरोस् । विगतमा शिक्षक महासंघसंग सरकारले गरेको प्रतिवद्धता पूरा नगरेकै कारण अहिले शिक्षकहरू निर्णायक आन्दोलनमा छन् । यद्यपि सरकारले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रतिवद्धता जनाएको छ । सरकार र महासंघबीच जारी सम्बाद सहमति नजिक पुगेको भनिएपनि प्रधानमन्त्रीसंग मात्रै आफूहरूले अन्तिम चरणको निर्णायक वार्ता गर्ने महासंघको अडानप्रति सरकार लचक बन्नुपर्दछ । प्रधानमन्त्री स्वयंले पनि हजारौं शिक्षकको माग र चाहना सम्बोधन गर्नेतर्फ अबिलम्ब ध्यान दिनुपर्दछ । शिक्षकहरूको समस्या र उनीहरूको सरकारसंगको अपेक्षाका बिषयमा प्रधानमन्त्रीले स्वयं प्रत्यक्ष भेटेर र साक्षात्कार गरेर शिक्षकहरूको अडानलाई एक हदसम्म सम्बोधन गर्नु श्रेयष्कर हुनेछ ।

आन्दोलनकै कारण नयाँ बर्षदेखि सुरु हुने विद्यालय भर्ना अभियान प्रभावित भएको छ । विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियान आन्दोलनका कारण रोकिएको छ । अर्को महत्वपूर्ण कुरा विद्यार्थीहरूको पढाई अवरुद्ध भएको छ । एसईईको उत्तरपुस्तिका जाँच समयमै हुन नसक्दा नतिजा प्रकाशनमा हुने ढिलाईले कक्षा ११ को पर्खाइमा रहेका हजारौं विद्यार्थीलाई असर पर्ने अवस्था छ । तसर्थ शिक्षकहरूका जायज माग सम्बोधनमा प्रधानमन्त्रीको ध्यान जाओस् । निश्चितरूपमा शिक्षक महासंघले उठाएको माग सम्बोधन गर्दैगर्दा राज्यमाथि ठूलो आर्थिक दायित्व बढ्छ । तर त्यो भन्दैमा देशभरीका शिक्षकहरूको मागलाई बेवास्ता गर्ने अवस्था पनि छैन । शिक्षकहरूको मागप्रति सारा देशबासीको ऐक्यबद्धता छ । उनीहरूका माग जायज छन र पूरा गराउनुपर्दछ भन्ने दवाव सरकारमाथि परेको छ । नेपाली कांग्रेससहितका विभिन्न राजनैतिक दलहरूले माग पूरा गराउन सरकारले पहल गर्नुपर्छ भन्दै आएका छन तरपनि सरकार आन्दोलन दुई साता वित्दापनि मौन छ । शिक्षक महासंघले सरकारले आन्दोलन तुहाउने प्रपञ्च गरेको आरोप लगाएका छन । सरकारले विश्वासको वातावरण वनाउन नसकेको उनीहरूको गुनासो छ । आखिर शिक्षकहरूको मागप्रति सरकार किन वेवास्ता गर्दैछ ? प्रश्न उठेको छ । शिक्षक आन्दोलनलाई अहिले निर्णायक वनाउने महासंघको निर्णयको स्वागत भैरहेको छ । निश्चितरूपमा अव यो बिषयलाई टुंगोमा पु¥याउनु जरुरी छ । पटक पटक आन्दोलन गर्नुभन्दा एकपटक निर्णायक आन्दोलन गर्ने र त्यसबाट नयाँ निकास दिने प्रयास अवको दायित्व र आवश्यकता हो । त्यसैले अव आन्दोलनको रणनीति र स्वरूप परिवर्तन गरेर भएपनि आन्दोलनलाई अन्तिम किनारासम्म पु¥याउनु जरुरी छ । बुधबारमात्रै पनि शिक्षक महासंघले देशैभरका शिक्षकहरूलाई पुनः आन्दोलनमा आउन अपील गरेको छ । महासंघको रणनीति आन्दोलनलाई किनारा लगाएरमात्रै जिल्ला फर्कने छ । यो आन्दोलन निर्णायक बन्दै गएको अवस्थामा सरकारले महासंघको माग पूरा गराउनेतर्फ अघि बढोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?