Butwal Today

शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान

४ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय गर्ने निर्णय गरेपनि महासंघले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै आन्दोलन जारी राखेका हुन् ।उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर भन्दै नारावाजीका साथ माइतिघर–बबरमहल क्षेत्रमा धर्ना सहित प्रदर्शन गरेका छन् ।

शिक्षकहरुले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?