Butwal Today

पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति

४ बैशाख २०८२, बिहीबार
अ+
अ-

इस्लामाबाद ।

पाकिस्तान र अफगानिस्तानको सीमावर्ती क्षेत्रमा परेको भीषण असिना वर्षाले ठूलो क्षति पुर्‍याएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा एकाएक परेको ठूलाठूला असिनाले सयौं गाडी र घरका झ्यालका सिसा फुटाएका छन्। स्थानीय बासिन्दाहरूले जीवनमै यति ठूला असिना पहिलोपटक देखेको बताएका छन्।

अफगानिस्तान सिमाना नजिकैको खैबर पख्तुनख्वा प्रान्तमा पनि असिना र भारी वर्षाले लन्डी कोटल क्षेत्र डुबानमा परेको छ। पानीले धेरै गाडी बगाएको बताइएको छ। सामाजिक सञ्जालमा असिना वर्षा र क्षतिको दृश्य देखाउने तस्वीर तथा भिडियोहरू भाइरल भइरहेका छन्।