Butwal Today

कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’

४ बैशाख २०८२, बिहीबार
अ+
अ-

पोखरा, ४ बैशाख ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।पक्राउ परेकाहरु कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् ।

बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाई हुनुपर्ने थापाको जिकिर छ । यसरी पक्राउ परेकाहरुको रिहाईको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरुलाई भेट गर्दै थापाले यस्तो धारणा ब्यक्त गरेका छन् ।उनले थपे  ‘अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आईपुगेका छौ  ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?