© २०२३
काठमाण्डौ, ४ बैशाख । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छिन । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताईन ।
मन्त्री राणाले सधै बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन । यसका लागि सहि नीति बनाउनुपर्ने उनको जोड छ । आफु बिदेश जादा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने भन्दै उनले देशमा आएपछि राष्ट्रिय माहोल बिग्रिएको देख्दा दुःख लाग्ने गरेको उल्लेख गरिन ।
परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जना जम्मा नहुदा पनि अन्य देशका मिडियाहरुले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको बताईन । उनले सञ्चारमाध्यमले राम्रा कुराको नभइ नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर गरिन । राणाले मन्त्रीको कुर्सीमा भोली जो पनि आउन सक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिईन।