Butwal Today

एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य

४ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ४ बैशाख ।

सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ ।

जसअनुसार बिहिवार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।