Butwal Today

रास्वपाको केन्द्रिय समितिको बैठक भोली बस्दै

३ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ३ बैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोली बस्दैछ ।

कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आब्हान गरेका हुन् ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ्ग हुने जनाइएको छ।