ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद !

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार

बुटवल, ३ बैशाख । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीको २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेसन अनिश्चित भएको छ । चैत २४ र २५ गते हुने गरि तोकिएको अधिवेसन ब्यवसायीहरूको बिचमा नेतृत्व हत्याउने आकांक्षीहरू बिच राजनीतिक भागबण्डा नमिल्दा अन्यौलमा परेको हो ।

संघमा कुल २१ पदका लागि नयाँ नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक रूपमा भएको भद्र सहमती कार्यान्वयनमा चुक्दा अधिवेसन अन्यौलमात्र होईन संस्थाको गरिमा के हुने हो भन्ने आम ब्यवसायीहरू चिन्तित छन । ‘ब्यवसायीहरूको हकहितमा लाग्नुपर्ने नेतृत्व नै आफूआफू लडेका छन ।’–एक जना ब्यवसायीले बुटवल टुडेलाई भने । संस्थामा व्यवसायिक हितभन्दा राजनीतिक स्वार्थ प्राथमिकतामा देखिएको छ ।

नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, माओवादी र समाजवादीसहित दलका नेता र ब्यवसायीहरू बसेर संघको अधिवेसनबाट नेतृत्व सर्वसम्मत बनाउने सहमती भएको श्रोतको भनाई छ । जसमा वर्तमान अध्यक्ष लेखनाथ भण्डारी पक्ष र वरिष्ठ उपाध्यक्ष माधव खनालसहित नयाँ नेतृत्व टुंगाएका थिए । वर्तमान वरिष्ठ उपाध्यक्ष माधव खनाललाई अध्यक्ष पदमा सर्वसम्मत बनाउने गरि वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्याय, महासचिव, कोषाध्यक्ष र सचिव गरि ६ पदाधिकारी नेपाली काग्रेस, माओवादी र समाजवादीलाई समेट्ने जिम्मा लेखनाथ भण्डारीको पक्षबाट भएको थियो ।

यसैगरि अध्यक्ष पदसहित अन्य बाकी ४ पदाधिकारी पद मिलाउने गरि माधव खनाल पक्षको समुहबिचमा भद्र सहमति भएको श्रोतको दाबी छ । कागजी रूपमा समेत सहमति भई तोकिएकै निर्वाचन प्रक्रिया अनुसार चैत १९ गते उम्मेबारी दर्ताको क्रममा भण्डारी पक्षबाट भद्र सहमति विपरित उम्मेदबारी दर्ता गरेको खनाल पक्षको आरोप छ । महासचिव, प्रथम उपाध्यक्ष पदमा सर्वसम्मत भइसकेको अवस्थामा एकाएक अध्यक्ष पदमा दर्ता गरेको खनाल बताउछन । धेरै प्रयास गर्दा पनि कुरा नमिलेपछि केही ब्यवसायीहरू कार्यालयमा चैत २० गते तालाबन्दी समेत गरे । ‘उम्मेदबारी दर्ताको क्रममा नै अध्यक्षबाट नै उम्मेदबारी दर्ता गरेपछि समस्या उत्पन्न भएको हो ।’–उनले भने ।

यता भण्डारी भने भद्र सहमति खनाल पक्षबाट तोडिएपछि आफुले उम्मेदबारी दिएको बताउँछन । अफिस कार्यालय र निर्वाचन कक्षमा तालाबन्दी गरेर खनाल पक्षबाट गलत काम भएको उनी बताउछन । भद्र सहमति विपरित द्वितिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव पदमा उम्मेदार उठाएको उनले आरोप लगाए । सहमति तोडिएको हुँदा आफुले खनालसँग कुरा गरेर नै अध्यक्ष पदमा उम्मेदबारी दिएको भण्डारीले बताए । ‘म पूर्ण रूपमा भद्र सहमतिमा पालना गर्न तयार छु,’– उनले भने । अन्यौलता चिर्ने गरि प्रशासन कार्यालयमा उजुरी दिएको उनले बताए । कार्यालय र निर्वाचन कक्षमा तालाबन्दी भएपछि निर्वाचन समितिले अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको सुचना टाँस गरेको छ ।

यता चैत २३ गते संघको कार्यसमितिको बैठकले वर्तमान उत्पन्न घटनाक्रम र परिस्थितीको कारण अर्को सुचना प्रकाशित नहँुदासम्म अधिवेसन स्थगित गर्ने निर्णय गरेको छ । सामाजिक संजालमा भने दुई पक्षबिच बादबिबाद जारी नै छ ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सहायक जिल्ला अधिकारीबाट दुबै पक्षलाई बोलाएर आवश्यक प्रक्रियालाई अघि बढाउन आग्रह गरिएपनि त्यो सफल हुन सकेन । हाल संस्थामा ९ सय २२ जना सदस्यहरू आवद्ध छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?