Butwal Today

शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान

३ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

आन्दोलनरत शिक्षकहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल विद्यालय फर्कन आह्वान गरेको छ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन अन्त्य गरी विद्यालय फर्कन भनेको हो।

शिक्षामन्त्री विद्या भट्टराईले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ।

यस्तै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने निर्णय पनि बैठकले गरेको छ।

शिक्षकहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री भट्टराईले बताइन्। यस्तै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिई शिक्षकहरूलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वा गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?