© 2026
बुटवल, ३ बैशाख ।नयाँ बर्षको सुरुवातसंगै बुटवल क्रिकेट एकेडेमीको आयोजनामा बुधबारदेखि यु-१३ बिसिए प्रिमिएर लिग सन्चालन हुँदैछ ।तिलोत्तमा स्थित ज्योतिनगर कृकेट मैदानमा हुने खेलमा दुई टिमको सहभागिता रहनेछ। बिसिए च्यालेन्जरको कप्तानको जिम्मेवारी नौ बर्षीय खेलाडी अनमोल बाबु भण्डारीले सम्हालेका छन्। कृकेटमा औधी रुचि राख्ने अनमोल सात बर्षको उमेर देखि नै कृकेट खेल्दै आएको र कृकेट सिक्न निरन्तर मेहेनत गर्दै आएको बताउँछन्।नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान लेग स्पीनर सन्दिप लामिछानेबाट प्रभावित भइ कृकेटमा पाईला चाल्दै गरेका भण्डारी पनि लेग स्पिनर हुन्। उनको खेल प्रतिभा उत्कृष्ट रहेको र यही तवरले मेहेनत गर्दै गएमा उनी भबिस्यमा राम्रो खेलाडीको रुपमा अगाडी आउने एकेडेमीका प्रशिक्षक बताउँछन् ।बिसिए प्रिमिएर लिग सन्चालनका लागि बुटवल कृकेट एकेडेमीको आयोजनामा चैत्र ३० गते एक समारोहका बिच ३५ जना खेलाडीहरुलाई ए, बि र सी ग्रेडमा विभाजन गरी ग्राण्ड अक्सन मार्फत् बिसिए वारियर्स र विसिए च्यालेन्जर्स गरि २ वटा टिमले न्युनतम २०० देखि अधिकतम २००० रुपैयाँसम्ममा खरिद गरेका थिए ।बैशाख ३ गते हुने उद्घाटन खेलमा उक्त २ टोलीका खेलाडीहरु आमने-सामने हुँदैछन् । बिसिए वारियर्सको कप्तानी निष्कर्ष आचार्यले गर्दैछन्।यो उमेरसमुहका खेलाडीलाई खेल अनुशासन तथा संस्कार सिकाउदै उपयुक्त प्लेटफर्म र उत्प्रेरणा प्रदान गरी खेलक्षेत्रमा लाग्नका लागि अभिप्रेरित गर्ने उद्वेश्यका साथ बिसिए प्रिमिएर लिग सन्चालन गर्न लागेको र लिग आधारमा ३०/३० ओभरको खेल खेलाइने बुटवल कृकेट एकेडेमीका हेडकोच घनश्याम थारुले बताए ।