ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र

२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार

श्री राज्य सन्चालकज्यूहरु,
सिंहदरबार, काठमाडौँ ।

विषय: आन्दोलनको मोर्चाबाट एक शिक्षकको नम्र निवेदन ।

महोदय,
यो पत्र कुनै सुगन्धित कोठाको मेचबाट होइन, सडकको धुलोले लेपिएको शिरबाट लेखिएको हो। यहाँ म व्यक्तिगत रूपमा होइन, हजारौँ शिक्षक र कर्मचारीहरूको आवाज बोकेर उपस्थित भएको छु—त्यो आवाज जसले ‘क’ लेखाउन जानेको छ, तर आफ्नो न्यायका लागि ‘कु’ भन्न बाध्य भएको छ।

महोदय,
तपाईंहरुको नजरमा हामी राष्ट्र निर्माता हौं रे! तर विडम्बना, अहिले हाम्रो नाम आन्दोलनकारीको सूचीमा परेको छ। हामी हिजो पाठशालामा पाठ पढाउँथ्यौं, आज सडकमा सरकारलाई पाठ पढाइरहेका छौं। तपाईंहरु सिंहदरबारको वातानुकूलित कोठामा शिक्षा सुधारको एजेन्डा बनाउनुहुन्छ, हामी विद्यालयको ढोका थुनेर स्थायीत्व मागिरहेका छौं। तपाईंहरु नीति बनाउनुहुन्छ, हामी पीडा बाँडिरहेका छौं।

हामीलाई तलब दिँदा सरकारको ढुकुटी रित्तिन्छ, तर लाठी र अश्रुग्यास छर्ने बेला तपाईंहरुको बजेट खर्छ हुँदैन कि ? यो कुन न्याय हो, जुन शिक्षालाई भारी बनाउँछ, तर शिक्षकमाथि भरोसा गर्दैन?

महोदय,
हामी त काम गर्ने, नारा नलगाउने मान्छे हौं। तर जब नारा नै हाम्रो अस्तित्वको एकमात्र विकल्प बन्यो, तब हामीले कलम छोडेर प्लेकार्ड समायौं। कलमले बुझेको सरकार तपाईंको हो कि हाम्रो—अब हामीलाई शंका लाग्न थालेको छ।

तपाईंहरु सोच्न सक्नुहुन्छ—के शिक्षकको जीवन यति सस्तो छ कि नीति बनाउनेहरूले तिनीहरूलाई पटक–पटक बिर्सन पाउँछन् ?
हामीलाई माया छैन कि कक्षा छुटेकोमा ? छ, तर अब त हाम्रो कर्मभन्दा अस्तित्वको लडाइँ पो महत्त्वपूर्ण छ ।

अब त तपाईंहरुलाई भन्न मन लाग्छ—
“शिक्षकको धैर्यको सीमा छैन ।
राष्ट्र बनाउने हात बाँधिएपछि, राष्ट्रकै मुटु चिसो हुन्छ।”

अन्त्यमा,
हामी आन्दोलनको मोर्चाबाट सोध्न चाहन्छौं—शिक्षा भनेको सरकारी नारा मात्रै हो कि सरकारको प्राथमिकता ?
यदि तपाईंको सरकार साँच्चिकै शिक्षालाई मूल्य दिन चाहन्छ भने, पहिले शिक्षकलाई मान दिनुहोस्।

धुलोले ढाकिएको आत्मसम्मानका तर्फबाट,
एक आन्दोलनरत शिक्षक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?