Butwal Today

नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो

२ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाण्डौ –

नयाँ वर्षकाे पहिलाे काराेबार भएकाे दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर तोलाकाे एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लाे काराेबार दिन गएकाे चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएकाे थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।