ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान

२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार

दाङ,२ बैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका सम्मानका लागि तीर्थाटन, कपडा त कतै च्यावनप्रास र मह वितरण गर्नेगरेको छ ।

सोही कार्यक्रम अन्तरगर्त  तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रम मार्फत् गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकलाई कोशेलीबापत मह वितरण सुरु गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले ज्येष्ठ नागरिक भनेका समाजमा देउताजस्तै भएकाले उनीहरूको सम्मानस्वरूप गाउँ–घरमै  पुगेर सन्चो बिसन्चो सोध्ने देखि कोशेलीस्वरूप मह वितरण सुरु गरेको बताए ।

उनले भने , ‘ज्येष्ठ नागरिक समाजका अग्रज अनुभवका पोका हुन् , उनीहरुका लागि सम्मान पनि होस् र स्वास्थ्यका लागि फाइदा पुगोस् भन्ने ध्येय राखेर मह वितरण सुरु गरेका हौँ । नगरप्रमुख खड्काका अनुसार पालिकाले अघिल्लो वर्षमा न्यानो कपडा  वितरणका साथै गाउँ घरमा पुगेर मुटु, मधुमेह, आँखाको शिविर सञ्चालन गर्दैआएको थियो । सोही कार्यक्रमलाइ निरन्तरता दिदै यसपाली पनि कार्यक्रम गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठका अनुसार यसवर्ष करिब पाँच सय ज्येष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रममार्फत् मह वितरण सुरु गरेको बताइन्  । श्रेष्ठका अनुसार स्थानीय मौरीपालन किसानलाई प्रोत्साहनका साथै विपन्न समुदायका ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर मह वितरण गरिएको बताइन् ।

तुलसीपुर उपमहानगरपालिका वडा–१९ स्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष नवराज पार्धेले स्थानीय सरकारले ज्येष्ठ नागरिकका अपेक्षासहित मेयर कोशेली कार्यक्रममार्फत् ज्येष्ठ नागरिकप्रतिको सम्मान व्यक्त भएको बताए  । उनले ज्येष्ठ नागरिकलाई वडा–वडामा दिवा सेवा  केन्द्र स्थापना गरेर मनोरञ्जनको व्यवस्थापन गर्नुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा १७ का वडाध्यक्ष थलराज पुरीले पहिलो पटक वडाका विपन्न समुदायका २५ जना  ज्येष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रम मार्फत प्राप्त भएको मह वितरण गरिएको बताए  ।

आयुर्वेद शास्त्रका अनुसार महले कफ र पित्तलाई सन्तुलनमा राख्दछ भने पाचन शक्तिको वृद्धि, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कफ नाशक, वजन नियन्त्रण, रक्त शुद्धीकरण गर्दछ भन्ने मान्यता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?