Butwal Today

नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह

२ बैशाख २०८२, मंगलवार
अ+
अ-

लुम्बिनी ।

नयाँ वर्षको अवसर पारेर रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा दाइजोमुक्त सामूहिक विवाह गरिएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विवाह समारोहमा एकै मन्चमा दुई जोडी हिन्दु, दुई जोडी मुस्लिम र एक जोडी वौद्ध धर्मालम्बी गरी तीन फरक फरक धर्मका जोडीहरुको एकै मन्चमा आफ्नो रितिरिवाजमा विवाह गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक बिकास मन्त्री भुमिश्वर ढकालले सामाजमा अहले पनि समाजमा दाईजो नल्याएकै कारण चेलीलाई अपमानित हुनुपरेकाले यस बिवाहले समाजमा दाईजोप्रथा बिरुद्ध आवाज बुलन्द गर्ने बताए । यसले समाजमा राम्रो सन्देश जाने भएकोले यस्ता समाजिक कार्यक्रममा प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गरे । मन्त्री ढकालले दाइजोमुक्त सामूहिक विवाहले दाइजो प्रथा हटाउन र सामाजिक सदभाव बढाउन सहज हुने बताउदै सरकारले यस्ता विवाहलाई प्रोत्साहन गर्ने उल्लेख गरे । उनले यस्ता कार्यक्रम देशब्यापि चालउनुपर्ने खाँचो औल्याए ।

ग्रामीण समाज कल्याण लुम्बिनीको आयोजनामा भएको महोत्सवमा तीन फरक धर्म हिन्दू, मुस्लिम र बौद्धका जोडीको एकै समारोहमा आफ्ना आफ्ना धार्मिक परम्परा र रीतिरिवाजअनुसार वैवाहिक बन्धनमा बाँधिएका कार्यक्रमका संयोजक कासिम खानले बताए ।