ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा

२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार

सुर्खेत, २ वैशाख ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक—पटक मिति सार्दा प्रतियोगिताको विषयमा फेरि अन्यौलता छाएको छ । हालसम्म तीनपटक मिति तय गरेता पनि प्रतियोगिता हुने विषयमा अझै अन्यौल देखिन्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले पहिलोपटक गएको मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसयता पहिलो पटक म्याद थपेर गएको चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने मिति सारियो ।

पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पछिल्लो बोर्ड बैठकले प्रतियोगिताको अर्को मिति तय गरेको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेपनि पुनःउक्त मितिमा पनि प्रतियोगिता नहुने भएको छ ।

सरकारले ३ जेठदेखि १० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिताको तेस्रो मिति घोषणा गरेपनि खेलकुद क्षेत्रका अगुवाहरु प्रतियोगिता हुनेमा विश्वस्त थिएनन् ।

प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद नहुने घोषणा गरेपछि प्रतियोगिता अनिश्चिततातर्फ धकेलिएको छ । तयारी नपुगेको भन्दै मन्त्री चौधरीले प्रतियोगिता रोकेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको प्रतियोगिताको आयोजक राखेप र व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् हुन् । तर सरकारले तोकेको पछिल्लो मितिमा वीरेन्द्रनगरमा अत्यधिक गर्मी हुने तथा मौसम प्रतिकूलताका कारण सो समय उपयुक्त नभएको बताइन्छ ।

संघीय सरकारले चालु आर्थिक वर्षमा प्रतियोगिता सम्पन्न गर्न ६० करोड रूपैयाँ विनियोजन गरेको थियो । गण्डकीको पोखरामा नवाँै राष्ट्रिय खेलकुद समापन हुँदा २०८१ मंसिर २ गतेदेखि ९ गतेको मिति प्रस्ताव गरिएको थियो । पूर्वाधार तयारी अवस्थामा हुँदा समेत सरकारले प्रतियोगिता सञ्चालनमा चासो नदिएको सरोकारवालाको गुनासो छ ।

केही समय अघि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका थिए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्लाई आग्रह गरेका हुन् ।

एक महिनाअघि प्रतियोगिताका लागि मूल आयोजक सचिवालय सञ्चालनमा ल्याइएपछि प्रतियोगिता हुनेमा कर्णालीबासी आशाबादी बनेका थिए । युवा तथा खेलकुदमन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालयको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीले जेठ ३ गतेदेखि तोकिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै बहानामा नसर्ने प्रतिवद्धता जनाएका थिए । हाल उनै मन्त्री चौधरीले नै उक्त मितिमा प्रतियोगिता नहुने घोषणा गरेका छन् ।

पहिलो पटक कर्णालीमा हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गरी इतिहास रच्नुका साथै जस लिने मौका कर्णालीले गुमाएको छ । तोकिएको पहिलो खेलकुद मितिमै खेल सम्पन्न गर्न नसक्दा त्यसपछि पटक पटक खेल सर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?