Butwal Today

समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता

१ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं,  १ बैशाख ।

नेपालको श्रम बजारको विकास र विस्तारमा समग्र रोजगार श्रृङ्खलामा गुणात्मक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नव वर्ष २०८२ को शुभकामना सन्देश जारी गरेका छन्।

मन्त्री भण्डारीले गत फागुनमा सम्पन्न श्रम तथा रोजगार सम्मेलन, २०८१ को घोषणा लगायत आगामी आर्थिक वर्ष देखि कार्यान्वयनमा आउने “आन्तरिक रोजगार प्रवर्द्धन दशक” को रणनीतिक कार्ययोजनालाई थप प्रभावकारी र नतिजामूलक तवरबाट कार्यान्वयन गरिने समेत दावी गरेका छन्।

नेपालको श्रम तथा रोजगार सेवामा रुपान्तरकारी कार्यहरुको सुरुवात गर्ने घोषणा गर्दै मन्त्री भण्डारीको सन्देशमा आगामी दश वर्ष भित्रै वाध्यकारी तवरले नेपाली वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गरेका छन्।

त्यसै गरी, नयाँ वर्ष २०८२ देखि नै आर्थिक विकासमा योगदान गर्ने, सेवा प्रवाहमा सुधार गर्ने लगायत रोजगारयोग्य वातावरण सिर्जना गर्न मन्त्रालयले जिम्मेवारीपूर्वक कार्य गर्ने योजना श्रम मन्त्री भण्डारीको शुभकामना सन्देशमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?