ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस्

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

आज नयाँ बर्ष २०८२ को पहिलो दिन । विक्रम सम्वतको सम्वतसर नयाँ वर्ष २०८२ सुरु भएको छ । नयाँ वर्षले नेपालीहरूका लागि थुप्रै आशा, अवसर र संभावनाहरू लिएर आएको छ । खासगरि पुरानो वर्ष २०८१ नेपालीहरूका लागि त्यति आशाप्रद नभएको र हुन नसकेको सन्दर्भमा नेपालीहरूका मुहारमा निश्चितै रूपमा नयाँ वर्षप्रति आशाको संचार भएको छ । यही भएरपनि होला सायद विगतका नयाँ वर्षहरूमा नेपालीजनमा जुन उत्साह र उमंग देखिन्थ्यो त्यो भन्दा कैयौं गुणा बढी हर्षको उहापोह अहिलेको नयाँ वर्षमा प्रकट हुने निश्चित भएको छ । नेपालीहरूमा देखिएको यो उत्साहको अवसर वर्षैभरी देख्न, हेर्न र सुन्न पाइयोस भन्ने कामना आम जनताको छ । र, वास्तवमै प्रकृतिले पनि त्यो संभावनाको अवसरलाई बल प्रदान गर्ने विश्वास सवैले लिएका छन । प्रकृतिभन्दा शक्तिशाली अरू कोही छैन भन्ने कुराको प्रमाण त गएको वर्ष आएको विनासकारी बाढी पहिरो, त्यो भन्दा अघिल्लो बर्षको सुदूर पश्चिममा आएको भुकम्पले प्रमाणित गरिसकेको छ । प्रकृति बलवान छ र मानिस भनेको प्रकृतिकै वरिपरी चक्र काटने अंगमात्रै हो । भुकम्पको पीडा अझैपनि नेपाली मनमा ज्यूँदै छ । पुनर्निर्माणको कुरा सरकार गरिरहेको छ तर पीडित जनताले कष्टकर जीवनवाट मुक्ति पाएका छैनन । वास्तवमा २०८१ साल नेपालीका लागि खुसीको बर्ष वन्न नसकेको परिपे्रक्ष्यमा नयाँ वर्ष २०८२ ती सवै अभिषाप पखाल्ने वर्षको रूपमा आओस् भन्ने कामना गर्नुपर्दछ । राजनीतिक अस्थीरता र बाढी पहिरो पुरानो वर्षको कष्टदायी सन्दर्भ वनेर आएको विर्सन सकिदैन् ।नयाँ बर्षको अवसरमा पुरानो बर्षको समीक्षा र सम्झनाका साथै नयाँ बर्ष सुख, शान्ति र सम्मृद्धिको बर्षकोक रूपमा रहोेस् भन्ने कामना समेत गर्ने परम्परा छ । पुरानो बर्ष बित्ने र नयाँ बर्ष आउने परम्परा नै हो । हरेक वर्ष नयाँ अनुभव थपिन्छ र पुरानो वर्ष बित्छ र नयाँ वर्ष आउँछ । भनिन्छ नयाँ बर्षले पुरानो घटना विर्सन सहयोग र बल पनि प्राप्त हुन्छ । यो वर्षको उपलब्धि, सकारात्मक सोच र प्रगतिको कामना गर्नु हामी आम नेपाली जनजनको कर्तब्य पनि हो । तर, पछाडी फर्केर हेर्ने हो भने नयाँ बर्षको खुसीमा रमाउनुभन्दा पुरानो बर्षले दिएको पीडा धेरै छ ।

वितेको बर्ष रुस युक्रेन युद्धमा दर्जनौं नेपालीले ज्यान गुमाएका छन् । हवाई दुर्घटनामा संघीय राजधानी काठमाण्डौंमा १८ यात्रुको दुःखद अवसान भयो । चितवन मुग्लिङ सडक खण्डमा दुई बस पहिरोमा पुरिँदा ५६ जनाको मृत्यु भयो । त्योमात्रै होइन, इजरायल र हमास युद्धले समेत नेपालीलाई पीडा दिएको छ । तसर्थ नयाँ बर्षको औपचारिकता आफ्नो ठाउँमा छ । पुरानो बर्षको स्मृतिले झनै पीडा दिने गरेको छ । जेहोस् पुरानो विगतलाई बिर्सेर भएपनि नयाँ बर्षको आगमनमा खुसी हुनु र रमाउनु हाम्रो परम्परा र औपचारिकता पनि हो । नेपाल र नेपालीको यो बर्षौदेखिको परम्परा हो । पुराना घटनाबाट पाठ सिकेर नयाँ बर्षमा गल्ती नदोहो¥याउने प्रण गर्नुपर्दछ । नयाँ बर्ष हरेक प्रकारले उन्नती र प्रगति उन्मुख हुन सकोस् । संभावनाहरूको ढोका कहिल्यै वन्द हुँदैन । आशाको संचार जीवितै हुन्छ । रात रहे अग्राह पलाए भनेझै नेपालीहरूले कहिल्यै हरेस खाएनन् र अन्ततः पुरानो खराव वर्षलाई विदा गरिसकेका छौं र नयाँ वर्षको नयाँ विहानी हाम्रो माझ आएको छ । अतः नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस भन्ने आम नेपालका िचाहना हो । सवै नेपालीहरूमा नयाँ वर्षको नयाँ विहानीको हार्दिक शुभकामना । साथै प्रगति र सम्मृद्धिको लाखौं लाख शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?