Butwal Today

वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

पर्सा जिल्लाको वीरगन्जमा शनिबार हनुमान जन्मोत्सवका अवसरमा दुई समुदायबीच भएको विवादले झडपको रूप लिएपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश लम्ब्याइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले पहिलो चरणमा आइतबार दिउँसो १२ बजेसम्म लागू गरेको कर्फ्यु अहिले राति १२ बजेसम्मका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार दुवै पक्षबीच सहमति कायम नहुनु र शान्ति सुव्यवस्थामा अझै चुनौती रहनुका कारण यस्तो निर्णय लिइएको हो।

शनिबार साँझ ७:३० बजेदेखि लागू भएको कर्फ्युले वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा आवागमन पूर्णरूपमा निषेध गरिएको छ। प्रशासनले आम जनतालाई संयमित रहन र अफवाहमा नपर्न आग्रह गरेको छ।