Butwal Today

पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाण्डौ –

आज पनि देशका केही भागमा छिटफुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

महाशाखाका अनुसार अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको छ । विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?