ट्रेंडिंग:

>> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी

तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार

बुटवल ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख ३ गते भैरहवा आउने भएका छन्। पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड भैरहवा आउने कार्यक्रम तय भएको हो।

माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीका अनुसार वैशाख ३ गते प्रचण्ड पश्चिम नवलपरासी पुग्ने छन्। त्यसै दिन साँझ ५ बजे नवलपरासीको पार्टिले रुपन्देहिको धकधई सम्म ल्याउने छ र धकधई चोकबाट अध्यक्ष प्रचण्ड सहितको अभियानको टोलीलाई स्वागत गरि भैरहवामा ल्याउने र साझँ भैरहवाम जनताकै घरमा बास बसाल्ने बताए ।

अभियानमा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष फम्फा भसाल, नेता नन्दकिशोर पुन, कृष्णबहादुर महरा, देव गुरुङ, अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूको टोली पनि भैरहवा आउनेछ। उनीहरू जनताकै घरमा राति बस्ने कार्यक्रम रहेको संयोजक जिसीले जानकारी दिए।

वैशाख ४ गतेको कार्यक्रम: मर्निङ वाकदेखि आमसभा सम्म प्रचण्डको अगुवाइमा वैशाख ४ गते बिहान ५:३० बजे भैरहवाको मिलनचोकबाट मर्निङ वाक सुरु हुनेछ। गौतमबुद्ध विमानस्थलको अवलोकन गरी लुम्बिनी रोड हुँदै बुद्धचोक पुगेर स्थानीय जनतासँग चियापान कार्यक्रम सम्पन्न गर्ने तालिका छ। त्यसपछि बिहान ९ बजेबाट होटल पौवामा युवाहरु, विद्यार्थीहरूसँग अन्तरक्रिया हुनेछ। १० देखि ११ बजेसम्म व्यापारी, बुद्धिजीवी र उद्योगीहरूसँग छुट्टै छलफल कार्यक्रम राखिएको छ।

छलफलपछि अध्यक्ष प्रचण्डले सहिद परिवारसँग सामूहिक खाना खानेछन्। त्यसै दिन दिउँसो १ बजे रुपन्देहीको मर्चवार गाउँपालिका अन्तर्गत मझगाउँमा आयोजना हुने आमसभालाई प्रचण्डले सम्बोधन गर्नेछन्। कार्यक्रम सकिएपछि उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अवलोकनमा निस्किने छन्। साँझ ५ बजेपछि कपिलवस्तुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

अभियान सफल बनाउन सबै तहका समिति सक्रिय आइतवार (चैत ३१ गते) भैरहवामा आयोजित नेकपा (माओवादी केन्द्र) को तयारी बैठकले अभियानलाई सफल बनाउने उद्देश्यले रुपन्देहीका सबै पालिकासँग समन्वय गरी कार्ययोजना बनाउने निर्णय गरेको छ। बैठकमा केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश समितिका नेता तथा जिल्ला कार्यसमितिका प्रतिनिधिहरू सहभागी थिए।बैठक पार्टीका रुपन्देही संयोजक निर्मल जिसीको अध्यक्षता र स्थायी समिति सदस्य हक्कि कुल्ला खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

तराई–मधेस जागरण अभियानअन्तर्गतको यो भ्रमणले जनस्तरसँगको अन्तरक्रिया बढाउने, हुलाकी राजमार्ग क्षेत्रको अवस्था बुझ्ने जनस्तरमा पुग्दा जनता सगँ प्रत्यक्ष रुपमा भेट्दा जनताको जिवनस्तर र अबस्था प्रत्यक्ष बुझ्ने अबसर सगैँ पार्टीको संगठनलाई अझ सशक्त बनाउने र आगामी निर्वाचन सम्म पार्टि एकल रुपमा चुनाबि मैदानमा उत्रीने माहोला बन्ने अपेक्षा गरिएको संयोजक जिसिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?