ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार

बुटवल, ३१ चैत ।

सार्वजनिक तथा निजी सवारी साधनको आवद्धता वृद्धि गर्ने लक्ष्यसहित यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले सुरु गरेको ८७ दिने विशेष अभियानमा सवारी साधनको सहभागिता उत्साहजनक देखिएको छ ।

गत माघ ६ गते शुभारम्भ गरिएको यो अभियानमा त्यसयता मात्रै करिव ६०० वटा सवारी साधन भलाई कोषमा आवद्ध भएका छन् । दुई पाँग्रे, चार पाँग्रे र अन्य ठूला सवारी साधनहरु उत्साहजनक रुपमा भलाई कोषमा आवद्ध भएको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।

कोषले यो अभियानलाई ३ भागमा वर्गीकरण गरी कोषमा आवद्ध हुने सवारी साधनको संख्या बढाउने योजना बनाएको थियो । दुर्घटनापछि हुने सम्भावित क्षतिबाट राहत दिलाउनका लागि कोषले थालेको यो अभियानले सार्थकता पाएको अध्यक्ष फुल्लेलले बताए ।

कोषले ८७ दिने विशेष अभियानमा सवारी साधनहरुलाई विशेष छुटको योजना समेत ल्याएको छ । जस अनुसार ठूला गाडीको दर्ता शुल्क २१ सय रुपियाँ लिंदै आएकोमा यो अभियानभर ११ सय कायम गरिएको छ ।

त्यस्तै साना गाडीको दर्ता शुल्क १५ सय लिंदै आएकोमा अभियानभरका लागि ५ सय रुपियाँ कायम गरिएको छ । त्यस्तै नयां सवारी साधनको एकमुष्ट वार्षिक शुल्क काट्नेलाई टिसर्ट प्रदान गरिने छ भने विशेष ८७ दिने अभियानमा सबभन्दा बढी गाडी कोषमा आबद्ध दर्ता गर्नेलाई सम्मान गरिने छ ।

यो अभियान अन्तर्गत गत माघ मसान्तसम्म पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, कुश्मा, बेनी, रुकुम पूर्व, नवलपुर, चितवन, मकवानपुर, पर्सा, सर्लाही, सिराहा, सुनसरी, मोरङ सम्मका विभिन्न स्थानमा भलाई कोषको टोली पुगेको छ । “त्यसक्रममा यातायात व्यवसायी प्रा.लि.तथा यातायात व्यवसायी समिति, विभिन्न प्रकारका यातायातका सवारी साधनका व्यवसायी संघसंग भेट गर्नुका साथै प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो ।

त्यस्तै कोषले गत फागुन १ गतेदेखि रुपन्देही जिल्लाका उद्योग वाणिज्य संघ तथा उद्योग संघ लगायतका संघ÷संस्था तथा विभिन्न कलकारखाना, फ्याक्ट्री, सिमेण्ट फ्याक्ट्री, तथा ईट्टाभट्टा लगायत अन्य व्यावसायिक संघ संस्थामा भेटघाट तथा अभियान संचालन गरेको र यो अभियान पनि प्रभावकारी भएको अध्यक्ष फुल्लेलले बताए ।

आगामी बैशाख ३ गते कोषको स्थापना दिवसको दिन अभियान समापन गरिने भलाई कोषले जानकारी दिएको छ । स्थापना दिवसका अवसरमा रक्तदान समेत गरिने र त्यसपछिको मूल समारोहमा धेरै सवारी साधन कोषमा दर्ता गराउनेलाई सम्मानज गरिने छ ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले पशुपंक्षीको मृत्युमा पनि लगानी गर्दै आइरहेको छ । त्यस्तै निर्जिव दुर्घटनामा समेत लगानी गरी व्यवसायीलाई दुर्घटनाको झन्झटबाट मुक्त गराउने गरिएको छ । कोषमा वार्षिक मासिक शुल्क बुझाइरहेका सवारी दुर्घटनामा परी अंगभंग भएका असहाय, अपाङ्ग मजदुरहरुलाई मासिक रुपमा कोषले अपाङ्ग मजदुर सहयोग गर्दै आइरहेको छ ।

लुम्बिनी प्रदेशमा दुर्घटनापश्चात यस्ता छन् कोषले दिने सुविधा

दुर्घटनापश्चात जीवित र तेस्रो पक्ष निर्जिवमा सम्पूर्ण खर्च कोषले प्रदान गर्ने छ । त्यस्तै दुर्घटनापश्चात स्वयं आफ्नो गाडी क्षति भएमा पनि कोषले ५० प्रतिशत सम्म निर्जिवमा लगानी गर्ने छ । स्वयं सवारी धनीले निर्जिवमा लगानी गरेको आधा रकम दावीबाट प्राप्त भएपछि प्राप्त रकमको आधा रकम कोषले फिर्ता गर्ने छ ।

मोटरसाईकलको हकमा दुर्घटना पश्चात एकपटकमा औषत खर्च १५ लाखसम्म लगानी गर्छ । दुर्घटनापश्चात यो सुविधा लिनका लागि अनिवार्य रुपमा व्यापक बिमा भएको हुनुपर्छ । तेस्रो पक्षको मात्र बिमा भएको सवारी साधनलाई पहिलो पक्षको लगानी भने कोषले गर्दैन ।

सवारी दुर्घटना पश्चात चालकलाई मुद्दाबाट मुक्त गराउन धरौटी राख्नु परेमा कार्यालयले नै लगानी गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?