© २०२३
गुल्मी, ३१ चैत ।
गुल्मीको रिडी क्षेत्रमा रहेको हनुमान बाटीका यतिबेला धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकसित हुँदै जान थालेको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले हनुमान जयन्तीको अवसरमा गुल्मीको पबित्र धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रमा हनुुमान जयन्तीलाई विशेष रुपमा मनाईएको छ । हिन्दु धर्मालम्बीहरुको पबित्र दिनको अवसरमा श्रद्धालुहरुद्वारा रिडीको हनुमान वाटीकामा शनिबार दिनभर श्री हनुमानको विशेष पूजा अर्चना गरिएको थियो ।
हनुुमान जयन्तीको अवसरमा गुल्मीको रुरुक्षेत्र अन्तर्गत रिडी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुबाट सयौं भक्तजनहरुको सहभागिता रहेको थियो । श्री हनुमानको जन्मदिनको अवसरमा विश्वभर रहेका हिन्दुजनहरुले हनुमानजयन्तीको अवसरमा विशेष पूजा अर्चना गरेमा मनमा उर्जा र शान्ती प्राप्त हुने किंवदन्ती रहेको छ ।
रिडी क्षेत्रमा रहेको हनुमान बाटीका निर्माणका लागि स्थानीय युवा समाजसेवी शुन्दर कशजुको समन्वयमा गत बर्ष सामाजिक सञ्जाल मार्फत २६ लाख रुपैयाँ सङ्कलन गरी हनुमान बाटीका निर्माण गरिएको थियो । सामाजिक सञ्जालबाट सङ्कलीत रकमबाट निर्माण गरिएको हनुमान बाटीका यतिबेला रिडी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा परिचित गराएको छ । रुरुक्षेत्रको दर्शन र हनुमान बाटीकाको भ्रमणका लागि आजभोली रिडीमा दिनहुँ सयौं पर्यटकहरुको आवागमन हुने गर्दछ ।